अमेरिकी लडाकु विमान एफ–१८ र सी–१३० जापानको इवाकुनीस्थित मरिन कप्र्स एयर स्टेशनमा बिहीबार दुर्घटना भएका हुन् ।
अमेरिकी रक्षा विभागका अनुसार, उक्त घटना जापानको समुद्री किनारबाट करिब ३०० किलोमिटर टाढा रहेको छ ।
वेपत्ता नौसैनिकहरुको खोजी कार्य जारी रहेको बताइएको छ । यसका लागि डाक्टरहरुले क्रु मेम्बरहरुले पनि सहायता गरिरहेका छन् । सी–१३० मा ५ र एफ–१८ मा २ नौसेना तैनाथ रहेको बताइएको छ ।
खोजी कार्यका लागि जापानले ४ वटा एयरक्राफ्ट र ३ वटा जहाज परिचालन गरेको छ । जापानद्धारा सहयोग गरिएकोमा अमेरिकी अधिकारीहरुले धन्यवाद दिएका छन् ।
अमेरिकी अधिकारीहरुका अनुसार दुवै विमानले नियमित तालिमको क्रममा मरिन कप्र्स स्टेशनबाट उडान भरेका थिए । दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।