चौतारी लघुवित्तको आईपिओमा अत्याधिक आकर्षण, पहिलो दिनमा नै साढे सात गुणा माग

Dec 06, 2018 Merolagani

चौतारी लघुवित्त (CHAUTARI) को आईपिओमा लगानीकर्ताको अत्याधिक आकर्षण देखिएको छ । लघुवित्तले मंसिर १९ गतेदेखि सर्वसाधारणमा निष्काशन गरेकाे ५ लाख ६० हजार ७०० कित्ता शेयरमा ७.४६ गुणा बढी आवेदन परेको हो ।

लघुवित्तको शेयर निष्काशक तथा बिक्री प्रबन्धक एनआर्इबीएल एस क्यापिटलका अनुसार पहिलो दिन मंसिर १९ गते बुधबार मात्र ६७ हजार ५०० वटा आवेदनबाट ४१ करोड ८१ लाख रुपैयाँ बराबरको ४१ लाख ८१ हजार कित्ता शेयर माग भएको छ ।

कम्पनीको आईपिओलाई इक्रा नेपालले आईपिओ ग्रेड ४ को रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको जनाउँदछ । तरपनि लगानीकर्ताको आकर्षण भने अत्याधिक देखिएको छ ।

लघुवित्तको शेयर संख्या कम हुने भएकाले धितोपत्रको दोस्रो बजारमा उच्च मूल्यमा खरिद बिक्री हुने गरेको छ । जसले गर्दा अन्य कम्पनीहरुको तुलनामा लघुवित्तका हरेक आइपिओमा अत्याधिक आवेदन पर्ने गरेको छ । जसले गर्दा ज्यादै न्यून आवेदकले मात्र गोलाप्रथाबाट १० कित्ता शेयर पाउने गरेका छन् ।

लघुवित्तले निष्काशन गरेको शेयरमा मंसिर २३ गतेसम्म आवेदन गर्न पाइने व्यवस्था रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सि आश्वा सदस्य रहेका बैंक तथा वित्तिय संस्थाबाट ७७ जिल्लाबाट तथा मेरो शेयर सफ्टवेयरको प्रयोग गरेर पनि आवेदन गर्न सकिने व्यवस्था छ ।

लघुवित्तले कूल ६ लाख कित्ता आईपिओ निष्काशन गरेको हो । जसमध्ये ९ हजार ३०० कित्ता संस्थाका कर्मचारी र ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर बाँकी रहेको ५ लाख ६० हजार ७०० कित्तामा लागि मात्र सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन् ।

चौतारी लघुवित्तले चालू आर्थिक बर्षको प्रथम त्रैमासमा ३७ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बाह्र करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा एक करोड २६ लाख रुपैयाँ रहेको छ ।

लघुवित्तको खराब कर्जा अनुपात ०।४३ प्रतिशत छ । आर्इपिओ बिक्री पश्चात लघुवित्तको चुक्ता पूँजी १८ करोड रुपैयाँ हुनेछ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।