स्वदेशीको लघुवित्तको लिलामी शेयरमा बोलपत्र आवेदन खुल्यो, नयाँ नेपालको अन्तिम दिन

Dec 06, 2018 Merolagani

स्वदेशीको लघुवित्तले हकप्रदमा अवितरित शेयरमा मंसिर २० गते बिहीबार (आज) देखि बोलपत्र आवेदन खुला भएको छ । उता नयाँ नेपाल लघुवित्तले मंसिर १३ गतेदेखि लिलाम बढाबढमा बिक्रीमा ल्याएको अवितरित शेयरमा बोलपत्र पेश गर्ने बिहीबर नै अन्तिम दिन रहेको छ ।

स्वदेशी लघुवित्त वित्तीय संस्था (SDESI) ले ६२ हजार ५ कित्ता साधारण शेयर लिलामी बिक्रीमा ल्याएको हो । स्वदेशीले चुक्ता पूँजीको बराबर ११ लाख ५० हजार कित्ता हकप्रद बिक्री खुला गरेकोमा सो परिमाणमा अवितरित भएको थियो ।

इच्छुक लगानीकर्ताले लघुवित्तको शेयर बिक्री प्रबन्धक एनआईशी एशिया क्यापिटल बबरमहल, स्वदेशी लघुवित्तको कार्यालयहरु इटहरी सुनसरी,नौबस्ता बाँके, भरतपुर चितवन, पोखरा कास्की, बुटवल रुपन्देही, जितपुर बारा, बेलबारी मोरङ्ग, र अत्तरिया कैलाली बाट शिबन्दी बोलपत्र आवेदन प्राप्त गर्न र बुझाउन सक्नेछन् ।

यस शेयरमा मंसिर २८ गतेसम्म लिलामीका लागि शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । मंसिर १९ गते बुधबार लघुवित्तको शेयर प्रतिकित्ता ६३२ रुपैयाँमा कारोबार भएको छ ।

११ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको स्वदेशीको लिलामी शेयर बिक्रीपछि २३ करोड रुपैयाँ पुग्नेछ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा यस लघुवित्तले ८३ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २९ रुपैयाँ ३ पैसा कायम गरेको छ ।

त्यसैगरि नयाँ नेपाल लघुवित्त (NNLB) को एक लाख ३ हजार ३५३ कित्ता शेयरमा बोलपत्र पेश गर्ने बिहीबार नै अन्तिम दिन रहेको छ । लघुवित्तले मंसिर १३ गतेदेखि १७ हजार २६० कित्ता साधारण शेयर र ८६ हजार ९३ कित्ता संस्थापक शेयरमा बोलपत्र आह्वान गरेको थियो ।

इच्छुकले आज कार्यालय समयभित्र लिलामीका लागि शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । लघुवित्तको शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकको वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट लिलामीमा आवेदन गर्ने व्यवस्था गरिएको छ ।

लघुवित्तले साउन २७ देखि भदौ ३१ गतेसम्म चुक्ता पूँजीको २५० प्रतिशत बराबरको ६ लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । सो हकप्रदमा अवितरित शेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो ।

हाल दुई करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको नयाँ नेपाल लघुवित्तले चालू आवको प्रथम त्रैमासमा २१ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी वार्षिक ३५ रुपैयाँ ५६ पैसा कायम गरेको छ ।

लिलामी शेयर बिक्री गरिसकेपछि नयाँ नेपाल लघुवित्तको चुक्त्ता पूँजी ८ करोड ४० लाख रुपैयाँ पुग्नेछ । मंसिर १९ गते बुधबार लघुवित्तको शेयर प्रतिकित्ता ४९० रुपैयाँमा कारोबार भएको छ ।

दुबै लघुवित्तको लिलामी शेयरमा लगानीकर्ताले १०० कित्ता देखि लिलामी माग गरिएको अधिकतम कित्तासम्म आवेदन गर्न पाउनेछन् भने न्यूनतम १०० रुपैयाँदेखि बढाबढ मूल्यमा बोलकबोल गर्नुपर्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।