तलब काटेर बिद्यालयलाई सहयोग

Dec 06, 2018 Merolagani

समाज सेवा भावनाले उत्प्रेरित नेपाल प्रहरीमा कार्यरत रमन बुढाले आफ्नो जन्म जिल्लाका विभिन्न विद्यालयहरुको स्तारोन्नतीका लागि सहयोग गरेका छन् । जुम्लाका विभिन्न विद्यालयमा भुइँमा बसेर पढ्न बाध्य विद्यार्थीहरुका लागि आवश्यक फर्नीचर लगायतका सामाग्री बुढाले सहयोग गरेका हुन् ।

जिल्लाको पातारासी गाउँपालिका बडा नं ५ मा जन्मीएका बुढाले त्यस क्षेत्रको शैक्षिक बिकासको लागि निरन्तर प्रयास गर्दै आएका छन् ।

सबै व्यक्ति शिक्षित भएमात्र समाज बिकासित हुने भन्दै बुढा आफ्नो तलबको केही हिस्सा विद्यालयको सहयोगका लागि खर्ची रहेका छन् ।

जिल्लाका शंकर आधारभूत बिद्यालय, गंगा मा.बि पेरे, सरस्वती माबि रिनी र मालिका मा.बि लोटचौरमा फलामे बेञ्च बनाएर बुढाले हस्तान्तरण गरिसकेका छन् ।

बुढाको सहयोग पछि भुइँ छाडेर विद्यार्थीहरु बेञ्चमा बसेर खुसीसाथ अध्ययन गर्न थालेका छन् । आफू जन्मेको गाउँपालिकालाई शिक्षीत बनाउने अभियानमा आफ्नो सहयोग कार्य निरन्तरर रहने बुढाले जनाएका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।