पूर्वमन्त्री एवं कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डे विरूद्ध भ्रष्टाचार मुद्धा दायर

Dec 07, 2018 Merolagani

पूर्वमन्त्री  एवं कालिका कन्सट्रक्सनका मालिक विक्रम पाण्डे विरूद्ध भ्रष्टाचार मुद्धा दायर  भएकाे छ ।  राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाको मूलनहर निर्माणमा अनियमितता गरेको आरोपमा पूर्वमन्त्री बिक्रम पाण्डेसहित २१ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरिएकाे हाे । 

लामो अनुसन्धान पछि अख्तियारले शुक्रबार आयोजना प्रमुख, आयोजनाका प्राविधिक, कन्सल्टेण्ट र निर्माण व्यवसायी विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।

आयोजनाको मूख्य ठेकेदार कम्पनी सि.टि.सि.ई/कालिका कन्स्ट्रक्सनका मालिक एवं पूर्वमन्त्री विक्रम पाण्डे विरुद्ध मात्रै २ अर्ब १३ करोड ७६ लाख रुपैयाँ माग दावी गरेको छ ।

आयोजनाको मूलनहर भत्किनुमा डिजाइनमा नै त्रुटिपूर्ण रहेको ठहर अख्तियारले गरेको छ । आरोप पत्रमा अख्तियारले भनेको छ 'निर्माणकै क्रममा पनि आयोजनामा खटिएका प्राविधिक, कन्सल्टेण्ट, निर्माण व्यवसायीले पर्याप्त सुपरभिजन नगरेको हुँदा गुणस्तरिय कार्य हुन नसकेको र एक पटक परीक्षणका क्रममा नहर भत्किसकेकोमा पुनसुपरीवेक्षण समेत नगरी निर्माण व्यवसायीलाई उन्मुक्ति दिएको पाइयो ।'

अख्तियारले नहरको अनियमिततामा भ्रष्टाचार मुद्धा दायर गरेकाहरु विरुद्धको विगो माग दावी यस प्रकार छः  

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।