सिद्धार्थ बैंकको दुई अर्ब २५ करोडको ऋणपत्रको बिक्री खुल्यो, न्यूनतम २५ हजार आवश्यक

Dec 09, 2018 Merolagani

सिद्धार्थ बैंक (SBL) ) ले साढे दश प्रतिशत ब्याजदरमा दुई अर्ब २५ करोडको ऋणपत्र निष्काशन गरेकोे छ। बैंकले प्रतिकित्ता एक हजार मूल्यमा ७ वर्षे अवधिको “१०.५५ एसबिएल डिवेन्चर २०८२” निष्काशन गरेको हो ।

बैंकको उक्त ऋणपत्रमा छिटोमा मंसिर २६ गते र ढिलोमा पुस २३ गतेसम्म आवेदन गर्न पाउने व्यवस्था गरिएको छ।


पछिल्लो समय सानिमा बैंकको ऋणपत्रको समयावधिमा ढिलो मितिसम्म लम्बिएकाले यस बैंकको पनि ऋणपत्र पनि ढिलो मितिसम्मै लम्बिन सक्ने सम्भावना देखिन्छ ।

ऋणपत्रको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ।

इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्प्रर्ण सि आश्वा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत उक्त ऋणपत्रमा आवेदन दिन सक्नेछन् । जसका लागि न्यूततम २५ कित्ताको २५ हजारदेखि अधिकतम एक लाखकित्ताको लागि १० करोड रुपैयाँसम्मका आवेदन गर्न सकिनेछ ।

सिद्धार्थ बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यमा २२ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गरेको हो । निष्काशित ऋणपत्रमध्ये २० प्रतिशत अर्थात ४५ करोड रुपैयाँ सर्वसाधारणका लागि र ८० प्रतिशत अर्थात एक अर्ब ८० करोड रुपैयाँ व्यक्तिगत तबरबाट बिक्री हुनेछ ।

 

ऋणपत्र के हो ? यस्ता हुन्छन् महत्व

ऋणपत्र के हो ? यस्ता छन् ऋणपत्र खरीद गर्दा लगानीकर्तालाई हुने फाइदा

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।