नाडेप लघुवित्तको शतप्रतिशत हकप्रद शेयरको बिक्री खुल्यो

Dec 09, 2018 Merolagani

नाडेप लघुवित्त (NADEP) ले हाल कायमा चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयरको बिक्री खुला गरेको छ । लघुवित्तले १६ लाख कित्ता हकप्रद बिक्री गर्न लागेको हो । उक्त हकप्रदमा पुस २९ गतेसम्म आवेदन गर्न पाइनेछ ।

लघुवित्तले हकप्रद निष्काशन गर्न मंसिर ७ गते शेयरधनी दर्ता किताव बन्द गरेकोे थियो । जस अनुसार मंसिर ६ गतेसम्म कायम रहेका शेयरधनीले मात्र हकप्रद खरिद गर्न सक्ने छन् ।

लघुवित्तको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ ।

हकप्रदका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग नक्साल तथा नाडेप लघुवित्तको केन्द्रिय कार्यालय तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन बुझाउन सक्ने व्यवस्था छ । साथै आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

हाल लघुवित्तको चक्ता पूँजी १६ करोड रुपैयाँ छ । हकप्रद निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी ३२ करोड रुपैयाँ पुग्ने छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।