युनाइटेड मोदी हाइड्रोको लाभांश सुरक्षित गर्ने आज अन्तिम, कहिले गर्दैछ साधारण सभा ?

Dec 10, 2018 Merolagani

युनाइटेड मोदी हाइड्रोपावर (UMHL) ले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २५ गतेदेखी शेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) गर्दैछ। यसअनुसार मंसिर २४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको नगद लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।

हाइड्रोपावर कम्पनीले लाभांश पारित गर्नका लागि पुस १२ गते बिहीबार बिहान ११ बजे यूनाइटेड वर्ल्ड ट्रेड सेन्टर हल त्रिपुरेश्वर, काठमाडौंमा आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारण सभा डाकेको छ ।

सभामा कम्पनीले हाल कायम चुक्ता पूँजी एक अर्ब १५ करोडको ५ प्रतिशतले हुने आउने ५ करोड ७५ लाख रुपैयाँ कर सहितको नगद लाभांश स्वीकृत गर्नेछ ।

साथै कम्पनीले साधारण सभाबाठ पारित नगद लाभांश शेयरधनीको बैंक खातामा नै पठाउनु हुनाले शेयर डिम्याट नगरेका शेयरधनीलार्इ डिम्याट गर्न तथा हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गर्न समेत अनुरोध गरेको छ। अघिल्ला वर्षहरूको लाभांश समेत शेयर रजिष्ट्रार सीबिआइएल क्यापिटलमा सम्पर्क गरि संकलन गर्न कम्पनीले भनेको छ ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ६० पैसा रहेको छ भने जगेडा कोषमा ११ करोड ३३ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ८५ पैसा कायम छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।