जोशी हाइड्रोपावरले मंसिर १६ देखि १९ गतेसम्म सर्वसाधारणमा १५ करोड ५५ लाख २३ हजार ३०० रुपैयाँ बराबरको १५ लाख ५५ हजार २३३ कित्ता साधारण शेयरमा आवेदन खुला गरेको थियो ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम प्रत्येक आवेदकलाई न्यूनतम दश कित्ता शेयर बाँडफाँड गर्नुपर्ने हुन्छ ।
कम्पनीले निष्काशनमा ल्याएको शेयर संख्या र आवेदन हिसाब गर्दा सबै आवेदकलाई २० कित्ता बाँडफाँड गर्न अपुग हुने भएकाले केही आवेदकले १० कित्ता पाउनेछन् भने अधिकांश आवेदकले २० कित्ता शेयर पाउने देखिन्छ ।
यस्तो छ शेयर बाँडफाँडको तथ्याङ्क
प्राप्त आवेदकहरुको तथ्याङ्क अनुसार ८३ हजार ७७० आवेदकलाई १५ लाख ५५ हजार २३३ कित्ता बाँडफाँड गर्नुपर्छ । यसअनुसार ७१ हजार ७५३ जना आवेदकले २० कित्ता, १२ हजार १४ जना आवेदकले १० कित्ता र ३ जना आवेदकले ११ कित्ता शेयर पाउनेछन् ।
यसरी हेर्दा कूल १०० जना आवेदकमा ८५.६५ प्रतिशत आवेदकले २० कित्ता र १४.३५ प्रतिशत आवेदकले १० कित्ता शेयर पाउने देखिन्छ । प्रारम्भिक तथ्याङ्क अनुसार गरिएको गणना अन्तिम तथ्याङ्कमा आउने फेरबदलले भने केही तलमाथि पर्न सक्नेछ ।
जोशी हाइड्रोपावरले कूल १६ करोड ९० लाख ४७ हजार रुपैयाँ बराबरको १६ लाख ९० हजार ४७० कित्ता निष्काशन गरेकोमा ५० हजार ७१४ कित्ता कर्मचारी र ८४ हजार ५२३ कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको १५ लाख ५५ हजार २३३ कित्ता शेयरको सर्वसाधारणमा बाँडफाँड हुनेछ ।
हाइड्रोपावरले इलामको पुवाखोलामा तीन मेगावाट क्षमताको अपर पुवा १ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यस आयोजनाको कूल लागत ५५ करोड ३५ लाख रुपैयाँ रहेको छ । यो लागत अनुसार यस आयोजनाको प्रति मेगावाट लागत १८ करोड ४५ लाख रुपैयाँ हुन आउँछ ।
जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा पहिलो आयोजनाको रुपमा २०७१ माघ १ गतेबाट ३ मेगावाटको अपर पुवा १ आयोजना सञ्चालनमा सञ्चालन गरिरहेको छ । कम्पनीले उक्त आयोजनाबाट व्यवसायिक रुपमा विद्युत उत्पादन गर्दै आएको छ ।
कस्तो छ आयोजना ?
जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा तीन मेगावाट क्षमताको अपर पुवा १ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यस आयोजनाको कूल लागत ५५ करोड ३५ लाख रुपैयाँ रहेको छ । यो लागत अनुसार यस आयोजनाको प्रति मेगावाट लागत १८ करोड ४५ लाख रुपैयाँ हुन आउँछ ।
जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा पहिलो आयोजनाको रुपमा २०७१ माघ १ गतेबाट ३ मेगावाटको अपर पुवा १ आयोजना सञ्चालनमा सञ्चालन गरिरहेको छ। कम्पनीले उक्त आयोजनाबाट व्यवसायिक रुपमा विद्युत उत्पादन गर्दै आएको छ ।
चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ भएको यस कम्पनीले इलामका स्थानीयका लागि जारी पूँजीको १० प्रतिशत र सर्वसाधारणको लागि ३९ प्रतिशत गरि कूल ४९ प्रतिशत शेयर बिक्री गरे पूँजी संकलन गर्नेछ । बाँकी ५१ प्रतिशत पूँजी संस्थापकबाट उठाइनेछ । आयोजना निमार्णका लागि आवश्यक पूँजी बैंक ऋणबाट उपयोग गर्नेछ ।
कम्पनीले आर्थिक वर्षमा २०७६/७७ मा एक करोड ८९ लाख तथा आव २०७७/७८ मा दुई करोड २४ लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ ।
यस्तै, कम्पनीले आव २०७६/७७ मा प्रतिशेयर आम्दानी ५ रुपैयाँ १२ पैसा र आव २०७७/७८ मा ६ रुपैयाँ ४ पैसा पुग्ने प्रक्षेपण छ ।
लगानी उठ्न ११ वर्ष लाग्ने
जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आईपिओ निष्काशन गर्न बुधबार सार्वजनिक गरेको आह्वानपत्र (विवरणपत्र) मा यस कम्पनीले आफ्नो लगानी उठाउन ११ वर्ष समयावपिध लाग्ने कम्पनीको प्रक्षेपण छ । यसको अर्थ अहिले यस कम्पनीको गरिएको लगानी ११ वर्षभित्र उठ्ने छ ।
जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा सञ्चालन गरिरहेको तीन मेगावाट क्षमताको अपर पुवा १ जलविद्युत आयोजनाको कूल लागत ५५ करोड ३५ लाख रुपैयाँ लाग्ने उल्लेख छ । यो लागत अनुसार यस आयोजनाको प्रति मेगावाट लागत १८ करोड ४५ लाख रुपैयाँ हुन आउँछ ।
को - को छन् मुख्य लगानीकर्ता ?
अपर पुवा १ जलविद्युत आयोजनाको मुख्य लगानीकर्तामा गंगाप्रसाद जोशी, विरेन्द्रबहादुर न्यौपाने, माधव कार्की, रुकमणि राजभण्डारी, शशी कार्की, शिवरतन शारदा, रञ्जना दाहाल रहेका छन् ।