फाइनान्सले सर्वसाधारण समूहको १६ लाख ७१ हजार ९५५ कित्ता र संस्थापक समूहको ४ लाख ४८ हजार ६४९ कित्ता शेयर लिलाम बढाबढमा आवेदन खुला गरेको हो ।
जसमा बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौं तथा सनराइज बैंकको वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखा र प्रोग्रेशिभ फाइनान्सको पाको न्यूरोड, उग्रतारा जनागल (पुलबजार) र बनेपाको काभ्रे शाखाबाट आवेदन दिन सकिन्छ ।
बोलपत्र पेश गर्दा लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि लिलामीको अधिकतम कित्तासम्मका लागि एक सय रुपैयाँलाई आधार मानेर बढाबढ मूल्यमा बोलपत्र पेश गर्न सक्नेछन् । फाइनान्सको शेयर अन्तिम पटक प्रतिकित्ता १०४ रुपैयाँ खरिद बिक्री भएको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यसले एक करोड ७८ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ८ रुपैयाँ ४९ पैसा रहेको छ । हाल २१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको प्रोग्रेशिभको लिलामी शेयर बिक्री भएपछि ८० करोड एक लाख रुपैयाँ पुग्नेछ ।