ज्योति विकास बैंकको नयाँ शाखा कास्कीको घान्द्रुकमा

Dec 10, 2018 Merolagani

ज्योति विकास बैंक (JBBL) ले कास्की जिल्लाको घान्द्रुकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। अन्नपूर्ण गाउँपालिका वडा नं १०,घान्द्रुकमा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अथिति अन्नपूर्ण गाउँपालिका वडा नं १० का अध्यक्ष कुमार गुरुङ्ग तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्कले मंसिर २४ गतेका दिन संयुक्त रुपमा गरेका हुन् ।

हाल बैंकले ८१ वटा शाखा कार्यालय तथा २२ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप ९ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम सञ्चालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढी खाताबाट २३ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरी १० हजारभन्दा बढी ऋणी मार्फत  १८.८० अर्ब रुपैयाँभन्दा बढी लगानी गर्न सफल भएको छ ।

बैंकको हालको चुक्तापूँजी २ अर्ब ५९ करोड रुपैयाँ कायम रहेको छ । यस बैंकले हाम्रो विकास बैकलाइ प्राप्ति गरी एकीकृत कारोबार चाँडै नै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी  ३ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।