नेरुडे लघुवित्तले लाभांश वितरण गर्न डाक्यो साधारण सभा

Dec 11, 2018 Merolagani

नेरुडे लघुवित्त (NLBBL) ले गत आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट प्रस्ताव गरेको २०.७९ प्रतिशत लाभांश वितरण गर्नका लागि पुस २० गते वार्षिक साधारण सभा आह्वान गरेको छ ।

लघुवित्तले पुस २० गते शुक्रबार बिहान ११ बजे उद्योग संगठन मोरङको सभाहल विराटनगरमा बाह्रौं वार्षिक साधारण सभा आह्वान गरेको हाे ।

साधारण सभा प्रयोजनका लागि लघुवित्तले पुस ५ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार पुस ४ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

हाल लघुवित्तको चुक्ता पूँजी ३४ बरोड ५७ लाख ८० हजार रुपैयाँ रहेको छ । लघुवित्तले साधारण सभाले यहीँ पूँजीको १५ प्रतिशतले हुन आउने ५ करोड १८ लाख ६७ हजार बराबरको बोनश शेयर र ५.७९ प्रतिशत अर्थात् २ करोड १८ हजार ८८४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालनकको निर्वाचन समेत गर्नेछ ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा लघुवित्तले ९९ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी ११ रुपैयाँ ४८ पैसा कायम गरेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।