सोल्टी होटलको लाभांश मंगलबारसम्म कायम शेयरधनीले मात्र पाउने

Dec 11, 2018 Merolagani

सोल्टी होटल (SHL) ले गत आर्थिक वर्ष २०७४/७५ को नाफाबाट वितरण गर्न प्रस्ताव गरेको २६.३१ प्रतिशत लाभांश पाउन मंगलबारसम्म शेयरधनीले बनिसक्नुपर्नेछ। हाेटलले बुधबारदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएकाले बुकक्लाेजकाे अघिल्लाे दिनसम्म कायम शेयरनी मात्र लाभांशका लागि याेग्य हुनेछन्।

होटलले १० प्रतिशत बोनस शेयर तथा १६.३१ प्रतिशत नगद गरी कूल २६.३१ प्रतिशत लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि मंसिर २६ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ ।

यसअनुसार मंगलबारसम्म कायम रहने शेयरधनीले उक्त नगद लाभांश पाउनेछन् ।

होटलको कार्तिक २९ गते सम्पन्न सञ्चालक समिति २२० औं बैठकले पुस २६ गते नेपाल प्रज्ञाभवन प्रेक्षालय कमलादीमा बिहान ११ बजे आह्वान गर्ने ४४ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

होटलको हाल चुक्ता पूँजी ६६ करोड ६० लाख ६३ हजार ७४० रुपैयाँ छ । प्रस्तावित १० प्रतिशत बोनस सेयर वितरणपछि उक्त पूँजी ७३ करोड २६ लाख ७० हजार ११४ रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा होटलले ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा गरेको छ। होटलले गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ५ करोड ४३ लाख रुपैयाँले बढी खुद नाफा कमाएको हो । होटलको तिशेयर आम्दानी ८७ पैसा र जगेडा कोषमा कोषमा ८३ करोड रुपैयाँ सञ्चित छ ।

साथै होटलले पेन्डिङ्ग डिम्याट भेरिफिकेशन गर्न बाँकी रहेका शेयरको डिआरएन पत्र यथाशिध्र कम्पनीको कार्यालयमा उपलब्ध गराइदिन अनुरोध समेत गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।