मेरो माइक्रोफाइनान्सले माग्यो शतप्रतिशत हकप्रद जारी गर्ने अनुमति

Dec 12, 2018 Merolagani

मेरो माइक्रोफाइनान्स (MERO) ले धितोपत्र बोर्डसँग शतप्रतिशत हकप्रद जारी गर्ने अनुमति मागेको छ। नुवाकोटमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको लघुवित्तले अाफ्नाे सेवालाई अझ सबल र सक्षम रुपमा विस्तार गर्न हकप्रद निष्काशन गर्न लागेकाे जनाएकाे छ ।

लघुवित्तले मंसिर २४ गते गत आर्थिक वर्षको १५ प्रतिशत बोनस पश्चत कायम चुक्ता पूँँजी ३२ करोड ८९ लाख रुपैयाँ बराबरको हकप्रद निष्काशन अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन पेश गरेको हो । यो हकप्रदपछि लघुवित्तको चुक्ता पूँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ ।

गत कात्तिक ९ मा सम्पन्न छैटौं वार्षिक साधारण सभाले १५ प्रतिशत बोनस र ११.३२ प्रतिशत नगद लाभांश तथा बोनस पश्चात कायम पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो ।

मेरोले चालू आवको वर्षको प्रथम त्रैमासमा ४४.१० प्रतिशत नाफा बढाएर दुई करोड ७४ लाख खुद नाफा आर्जन गरेको छ । लघुवित्तको प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ३३ पैसा छ ।

ग्लोबल आइएमई बैंक सहित आठ वाणिज्य बैंक र दुई विकास बैंकको अग्रसरतामा २०७० असार ३० मा यो कम्पनी स्थापना भएको थियो । कम्पनीमा ६९.४ प्रतिशत संस्थापक र ३०.६ प्रतिशत साधारण शेयर स्वामित्व रहेको छ ।

कम्पनीले हाल ४८ जिल्लामा ८६ शाखा कार्यालय मार्फत लघुवित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।