चिलिमेको लाभांश स्थिर, नगद घटाएर बोनस बढायो

Dec 12, 2018 Merolagani

चिलिमे हाइड्रोपावर कम्पनी (CHCL) ले गत आर्थिक वर्षको नाफाबाट अघिल्लो वर्षजति नै लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समिति बैंठकले अघिल्लो आर्थिक वर्षभन्दा गत बर्ष बोनस बढाएको छ भने नगद लाभांश घटाएको छ ।

सञ्चालक समितिले शेयरधनीलाई २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । अघिल्लो वर्ष पनि कम्पनीले १५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरि कूल २५ प्रतिशत नै लाभांश वितरण गरेको थियो ।

 

 

प्रस्तावित लाभांश हाइड्रोको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र शेयरधनीलाई वितरण हुनेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।