सोल्टी होटलको बोनसपछि शेयरमूल्य समायोजन

Dec 12, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जले बुधबार सोल्टी होटल (SHL) को शेयरमूल्य समायोजन गरेको छ। नेप्सेले होटलको गत वर्षको मुनाफाबाट वितरण गरेको १० प्रतिशत बोनस शेयरपछि मूल्य समायोजन गरेको हो ।

नेप्सेले १० प्रतिशत बोनसपछि होटलको समायोजित शेयरमूल्य प्रतिकित्ता २१२ रुपैयाँ ७३ पैसा निर्धारण गरेको छ । बुधबार होटलको यसै मूल्यलाई आधार मानेर शेयर कारोबार खुलेको हो ।

साेल्टीकाे  १८० दिन कारोबार भएको मूल्यको आधारमा होटलको औसत आधार मूल्य २५५ रुपैयाँ ८६ पैसा कायम भएको छ ।

होटलले पुस २६ गते हुने वार्षिक साधारण सभा प्रयोजनको लागि बुधबार शेयरधनी दर्ता किताब बन्द गरेको हो । होटलको वार्षिक साधारण सभाले १० प्रतिशत बोनस शेयर र १६.३१ प्रतिशत नगद पारित गर्नेछ ।

साधारण सभा पुस २६ गते बिहिबार नेपाल प्रज्ञा भवन कमलादी, काठमाडौंमा बिहानको ११ बजे देखि सुरु हुने होटलले जानकारी गराएको छ ।

होटलको हाल चुक्ता पुँजी ६६ करोड ६० लाख ६३ हजार ७४० रुपैयाँ छ । १० प्रतिशत बोनस शेयर पश्चात होटलको चुक्ता पुँजी ७३ करोड २६ लाख ७० हजार ११४ रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।