लाभांश घोषणापछि चिलिमेको शेयर मूल्य बढ्दा सिटिजन्स बैंकको भने घट्यो

Dec 12, 2018 Merolagani

गत आर्थिक बर्षको मुनाफाबाट वितरण गरिने लाभांश घोषणा गरेपश्चात चिलिमे हाइड्रोपावर कम्पनीको शेयरमूल्य बढेको छ भने सिटिजन्स बैंकको सबैभन्दा धेरै घटेको छ । दुवै कम्पनीले बुधबार लाभांश घोषणा गरेका हुन् ।

चिलिमे हाइड्रोपावर कम्पनी (CHCL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । चिलिमेले आर्कषक लाभांश घोषणा गरेसँगै शेयर लगानीकर्ताको आर्कषण देखिएको छ । जसले गर्दा कम्पनीको शेयरको माग बढ्दा भाउ समेत बढेको छ ।

बजार खुलेको पौने दुईघण्टाको अवधिमा चिलिमेको शेयर मूल्य साढे ६ प्रतिशत बढीले उकालो लागेको छ । यसबीचमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४० रुपैयाँले बढेर ६४८ रुपैयाँ पुगेको छ । नेप्सेको मार्केट डेप्थमा पनि चिलिमेको शेयर बिक्री गर्नेहरुको भन्दा खरिद गर्नेहरुको अधिक चाप देखिएको छ ।

यता गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको सिटिजन्स बैंक (CZBIL) को शेयरमूल्य पौनै दुर्इ घण्टाको कारोबार अवधिमा सबैभन्दा धेरै घटेको छ ।

बैंकले विगतका बर्षहरुमा भन्दा लाभांशदर घटाएपछि शेयर मूल्य ओरालो लागेको हो । यसअवधिमा सिटिजन्सको शेयरमूल्य झण्डै साढे पाँच प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता १२ रुपैयाँले घटेर २१२ रुपैयाँमा झरेको छ । शेयरमूल्य घटेपछि बैंककोे मूल्य घटाएर खरिद गर्न इच्छुक लगानीकर्ता मार्केट डेप्थमा अधिक देखिएका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।