मञ्जुश्री फाइनान्सको नेप्सेले रोक्यो शेयर कारोबार, कर्पोरेट डेभलपमेन्ट बैंकको सुचारू

Dec 12, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जले मञ्जुश्री फाइनान्सको शेयर कारोबार बुधबारदेखि रोकेको छ। नेप्सेले सोधपुछका लागि भन्दै फाइनान्स कम्पनीको शेयर कारोबार रोक्का गरेको हो । फाइनान्सले यसअघि घोषणा गरेको नगद लाभांश मंगलबार घटाएको थियो । उता बुधबारदेखि कर्पोरेट डेभलपमेन्ट बैंकको भने सुचारू भएकाे छ ।

फाइनान्स कम्पनी (MFIL) काे सञ्चालक समिति बैठकले यसअघि ९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेकोमा बुधबार कम्पनीले अन्यथा भएको भन्दै २.९ प्रतिशतमा संसोधन हुने सूचना मंगलबार नेप्सेमा फेरि पठाएको थियो । 

यसअनुसार अब फाइनान्सको ११ औं बार्षिक साधारण सभामा चुक्ता पूँजी ८० करोड ४० लाख ६० हजार २१० रुपैयाँको २.९ प्रतिशत मात्रै नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको हो । फाइनान्सले पुस १६ गते थापागाँउ ब्यांकेट, नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।

सााधारण सभामा फाइनान्सले उपयुक्त अन्य कुनै बैंक तथा वित्तिय संस्थाको पहिचान गरी मर्जरमा तथा एक्वीजिशनमा जाने संकेत गरेको छ । सभाले मर्जर तथा प्राप्तीका लागि फाइनान्सको सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्न मूल्याङ्कनकर्ता नियुक्ति, पारिश्रमिक निर्धारण, समझदारीपत्रमा हस्ताक्षर गर्ने लगायतका अन्य आवश्यक सबै प्रकृया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने रहेको छ ।

साधारण सभा प्रयोजनका लागि फाइनान्सले पुस ३ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार पुस २ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र नगद लाभांश प्राप्त गर्नेछन्न्।

उता सूचीकरण शूल्क बुझाए पश्चात कारोबार रोकिएको करिब तीन महिनापछि नेप्सेले कर्पोरेट डेभलपमेन्ट बैंक (CORBL) को शेयर कारोबार बुधबारदेखि खुला गरेको छ । बैंकले यसअघि नेप्सेलाई बुझाउनुपर्ने सूचीकरण शुल्क नबुझाएको भन्दै नेप्सेले असोज ४ गतेदेखि बैंकको शेयर कारोबारमा रोक लगाएको थियो ।

धितोपत्र कारोबार नियमावली अनुसार एक करोड रुपैयाँसम्म चुक्ता पूँजी भएका कम्पनीले १५ हजार, एक करोडदेखि ५ करोडसम्म पूँजी भएकाले २५ हजार, ५ करोड देखि १० करोडसम्म भएकाले ३५ हजार र १० करोड माथि पूँजी भएकाले ५० हजार रुपैयाँ सूचिकरण नविकरण शूल्क बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

नेप्सेले धितोपत्र कारोबार नियमावली बमोजिम सूचिकरण नविकरण शुल्क आश्विन मसान्त सम्ममा बुझाउन यसअघि नै गत भदौ १२ गते सूचिकृत सबै कम्पनीलाई सूचिकरण नविकरण शुल्क बुझाउन पत्राचार गरपनि २५ कम्पनीले शुल्क नबुझाएपछि असोज ४ गतेदेखि ती कम्पनीको शेयर कारोबार नेप्सेले रोकेको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।