ओरिएण्टल इन्स्योरेन्सको यस्ताे छ प्रथम त्रैमासकाे प्रगति विवरण

Dec 13, 2018 Merolagani

ओरिएण्टल इन्स्योरेन्स (ORIENTAL)  चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा एक करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। गत वर्षको यहि अवधिको तुलनामा यो करिब ७५ लाख रुपैयाँले बढी हो । 

ओरिएण्टलले गत वर्ष ९१ लाख ८० हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्ममा कम्पनीले २३ करोड ८९ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले २३ करोड ३१ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।

कम्पनीले पुर्नबीमा कमिशनवाट एक करोड ५३ लाख, लगानी कर्जा तथा अन्यवाट ३ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तै कम्पनीले ११ करोड २३ लाख रुपैयाँ बराबरको खुद दाबी भुक्तानी र पुनर्बीमा कमिशन वापत ५६ लाख ४२ हजार रुपैयाँ खर्च गरेको छ ।

कम्पनीको बीमा कोषमा ५१ करोड ४ लाख रुपैयाँ सञ्चित छ भने जगेडा कोष एक करोड २१ लाख रुपैयाँ ऋणात्मक छ ।

यस अवधि सम्ममा कम्पनीले ५ हजार २५६ बीमालेख जारी गरि २९ करोड ८० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीको ३ हजार ४१६ बीमालेख नवीकरण भएको छ ।

इन्स्योरेन्स कम्पनीले ३४१ दाबी वापत ११ करोड ५० लाख भुक्तानी गरेको छ भने एक हजार २०१ दाबी वापत ७२ करोड ५८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

ओरिएण्टल इन्स्योरेन्स नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत छैन ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।