बैंकको नवौँ बार्षिक साधारण सभा पुस २१ गते शनिबार बिहान ११ः३० मा होटेल ओपेरा महेन्द्रनगर, कञ्चनपुरमा हुने भएको छ ।
साधारण सभा प्रयोजनका लागि बैंकले पुस १२ गते बुक क्लोज गर्ने जनाएको छ । जसअनुसार पुस ११ गतेसम्म कायम शेयरधनीले मात्र बैंकको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् ।
बैंकको चुक्ता पूँजी ५० करोड ६० लाख रुपैयाँ रहेको छ । बैंकले यहीँ पूँजीको ५ प्रतिशतका दरले हुन आउने २ करोड ५३ लाख रुपैयाँ बराबरको बोनश शेयर र ६.२९ का दरले हुने ३ करोड १८ लाख १४ हजार ७५० रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । बोनस शेयर पश्चात् बैंकको चुक्ता पूँजी ५३ करोड १३ लाख रुपैयाँ पुग्नेछ ।
बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा एक करोड १९ लाख खुद नाफा कमाएको छ । बैंकको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ४८ पैसा, प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ १० पैसा र मूल्य आम्दानी अनुपात १८.७९ गुणा छ ।