चौतारी लघुवित्तको आईपिओ शुक्रबार बाँडफाँड हुँदै, २ लाख १७ हजार भन्दा बढीले नपाउने

Dec 13, 2018 Merolagani

चौतारी लघुवित्तको आईपिओ शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले शुक्रबार आईपिओ बाँडफाँडको तयारी गरेको हो। क्यापिटलले अहिले सबै आवेदनको दोहोरो प्रमाणिकरण गरिरहेको छ । 

बिहिबार साँझसम्ममा सबै आबेदन प्रमाणिकरण भए पछि मात्र गोलाप्रथामा सहभागि हुने आवेदकको तथ्यांक निस्किने बताइएको छ ।

एनआईबिएल एस क्यापिटलको प्रारम्भिक तथ्यांक अनुसार २ लाख १७ हजार ४३० भन्दा बढी आवेदकले शेयर नपाउने देखिन्छ । लघुवित्तले निष्काशन गरेको ५ लाख ६० हजार ७०० कित्ता शेयरमा ३०.५० गुणा बढी आवेदन परेको थियो ।

लघुवित्तको आईपिओमा २ लाख ७३ हजार ५०० आवेदनबाट एक अर्ब ७१ लाख रुपैयाँ बराबरको एक करोड ७१ लाख कित्ता शेयर माग भएको छ । बढी आबेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार ५६ हजार ७० जनाले मात्रै १० कित्ताका दरले शेयर पाउने छन् । बाँकी २ लाख १७ हजार ४३० भन्दा बढी आवेदकले शेयर नपाउने निश्चित भएको हो ।

लघुवित्तले कूल ६ लाख कित्ता आईपिओ निष्काशन गरेकोमा ९ हजार ३०० कित्ता संस्थाका कर्मचारी र ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर बाँकी रहेको ५ लाख ६० हजार ७०० कित्ता शेयर सर्वसाधारणमा खुल्ला गरिएको हो ।

लघुवित्तले चालू आर्थिक वर्षको प्रथम त्रैमासमा लघुवित्तले ३७ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उसको जगेडा कोषमा एक करोड २६ लाख रुपैयाँ सञ्चित छ भने खराब कर्जा अनुपात ०.४३ प्रतिशत छ ।

लघुवित्तले आईपिओ निष्काशनका लागि सार्वजनिक गरेको विवरणपत्रमा चालु आर्थिक वर्षमा ३ करोड ७३ लाख, आर्थिक वर्ष २०७६/७७ मा ४ करोड ६८ लाख र आर्थिक वर्ष २०७७/७८ मा ५ करोड ७९ रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ ।

चुक्ता पूँजी १२ करोड ६० लाख रुपैंया रहेको लघुवित्तको साधारण शेयर निष्काशन पश्चात चुक्ता पूँजी १८ करोड ६० लाख रुपैंया पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।