चौतारी लघुवित्तको आईपिओ बाँडफाँड आज, २० प्रतिशत आवेदकले मात्र शेयर पाउने

Dec 14, 2018 Merolagani

चौतारी लघुवित्त (CHAUTARI) को आईपिओ शुक्रबार (आज) बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले शुक्रबार बाँडफाँडको तयारी गरेको हो। बिहीबार साँझसम्ममा सबै आवेदन प्रमाणिकरण गरेको बिक्री प्रबन्धकले पौने १२ बजे बाँडफाँडको तयारी गरेको हाे ।

लघुवित्तले निष्काशन गरेको ५ लाख ६० हजार ७०० कित्ता आईपिओमा ३०.५० गुणा बढी आवेदन परेको छ ।

एनआईबिएल एस क्यापिटलको प्रारम्भिक तथ्याङ्क अनुसार चौतारी लघुवित्तको आईपिओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार एक सय जनामध्ये २० आवेदनकले मात्र प्राप्त गर्ने अवस्था रहेको छ ।

उच्च आवेदनका कारण ८० प्रतिशत आवेदकको हात भने खाली हुनेछ ।

आईपिओ २ लाख ७३ हजार ५०० आवेदन परेको छ । यसमध्ये ५६ हजार ७० जनाले मात्र गोलाप्रथाबाट दश कित्ता शेयर पाउनेछन् भने २ लाख १७ हजार ४३० भन्दा बढी आवेदकले शेयर नपाउने देखिन्छ ।
लघुवित्तको आईपिओमा २ लाख ७३ हजार ५०० आवेदनबाट एक अर्ब ७१ लाख रुपैयाँ बराबरको एक करोड ७१ लाख कित्ता शेयर माग भएको छ ।

लघुवित्तले कूल ६ लाख कित्ता आईपिओ निष्काशन गरेकोमा ९ हजार ३०० कित्ता संस्थाका कर्मचारी र ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर बाँकी रहेको ५ लाख ६० हजार ७०० कित्ता शेयर सर्वसाधारणमा खुल्ला गरिएको थियो।

लघुवित्तले चालू आर्थिक वर्षको प्रथम त्रैमासमा लघुवित्तले ३७ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उसको जगेडा कोषमा एक करोड २६ लाख रुपैयाँ सञ्चित छ भने खराब कर्जा अनुपात ०.४३ प्रतिशत छ ।

लघुवित्तले आईपिओ निष्काशनका लागि सार्वजनिक गरेको विवरणपत्रमा चालु आर्थिक वर्षमा ३ करोड ७३ लाख, आर्थिक वर्ष २०७६/७७ मा ४ करोड ६८ लाख र आर्थिक वर्ष २०७७/७८ मा ५ करोड ७९ रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ ।

चुक्ता पूँजी १२ करोड ६० लाख रुपैयाँ रहेको लघुवित्तको साधारण शेयर निष्काशन पश्चात चुक्ता पूँजी १८ करोड ६० लाख रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।