विकास निर्माणका कामलाई प्राथमिकता: मन्त्री झपट बोहरा

Dec 14, 2018 Merolagani

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले सङ्घीयता कार्यान्वयनको चरणमा भएकाले विकासले गति पाउन नसकेको बताएका छन् । गण्डकी विकास बैंकको भीमदत्तनगरस्थित शाख उद्घाटन गर्दै उनले साे बताएका हुन् ।

मन्त्री बाेहराले सङ्घीय सरकारका कारण बजेट कार्यान्वयनमा केहि ढिलाइ भएपनि अब जनभावनाअनुसार विकास निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाइने बताएका हुन् ।

मन्त्री बोहराले सुदूरपश्चिम प्रदेशमा स्वरोजगार विकास कोष स्थापना हुन लागेको जानकारी दिदैँ कोष स्थापनापछि सहजरुपमा कर्जा प्रवाह हुन्छ र मापदण्डअनुसार योग्य व्यक्तिलाई सहुलियत दरमा कर्जा दिइने बताए ।

उक्त कार्यक्रमलाई सम्वोधन गर्दै उनले गण्डकी विकास बैंकले यस क्षेत्रका निम्न वर्गीय जनतालाई लक्षीत गरि सेवा सुविधा प्रदान गर्दै साना साना बचतकर्तासम्म पुग्न शुभकामना दिएका थिए ।

गण्डकी विकास बैंकले कञ्चनपुरको भीमदत्तनगरमा ६८ औं शाखाका रुपमा बिहीबारदेखि आफ्नो शाखाको औपचारीक सेवा शुरु गरेको हाे । बैंकले हालै मात्र सुर्खेतको विरेन्द्रनगर र बाँकेको काेहलपुरमा शाखा विस्तार गरिसकेकाे छ ।

बैंकले केन्द्रीय कार्यालयका साथै देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजना प्रदान गर्दै अाइरहेकाे छ ।

साथै बैंकले एबिबिएस , एटीएम, सि आश्वा, आइएपिएस, र मोबाइल बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघुवित्त कर्जा पनि प्रदान गर्दै आएको छ ।

बैंकले आ.व. २०७५/७६ को प्रथम त्रैमासमा सञ्चालन मुनाफा १५ करोड ३० लाख रूपैयाँ आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप २३ अर्ब ७२ करोड रूपैयाँ  र कर्जा तर्फ २१ अर्ब २४ करोड रूपैयाँ  पु¥याएको छ । साथै बैंकको निष्कृय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।