चौतारी लघुवित्तको आईपिओ नतिजा मेराेलगानीमा

Dec 14, 2018 Merolagani

चौतारी लघुवित्त (CHAUTARI) को आईपिओ आज शुक्रबार बाँडफाँड भएको छ। लघुवित्तको शेयर कूल आवेदक मध्ये ५६ हजार ७० आवेदकले मात्रै  गाेला प्रथाबाट शेयर पाएका छन् भने २ लाख १७ हजार १२२ जनाकाे हात खाली भएकाे छ । 

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले ५६ हजार ७० आवेदकले मात्रै लघुवित्तको शेयर पाएको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ ।

संस्थाको आर्इपिओमा कुल २ लाख ७३ हजार १९२ जनाले आवेदन गरेकोमा ४७५ रद्ध भएको छ ।

कम्पनीको शेयरमा रितपुर्वक एक करोड ७१ लाख १३ हजार १३० कित्ता बराबरको लागि एक अर्ब ७१ करोड रुपैयाँ बराबरको आबेदन परेको छ । कुल एक करोड ७१ लाख ५३ हजार ७७० कित्ताको लागि परेकोमध्ये ४० हजार ६४० कित्ता शेयरका लागि परेको आवेदन रद्ध भएको छ ।लघुवित्तको आईपिओमा ३०.५९ गुणा बढी आवेदन परेको थियो ।

नतिजा हेर्नको लागि मेरोलगानीको गृहपृष्ठमा शिर्ष स्थानमा रहेको आईपिओ (IPO) शिर्षकभित्र रहेको आईपिओ रिजल्ट (IPO RESULT) मा जानुहोस् ।

त्यसपछि  आईपिओ नतिजा हेर्नुपर्ने सम्बन्धीत कम्पनी सामुदायिक लघुवित्त छनौट गरि हितग्राही खाता नम्बर (बिओआईडि BOID) सेक्सनमा अाफ्नो १६ अंकको डिम्याट नम्बर राखेर खोजी  बटन (SEARCH Botton) मा गएर आफूलाई आईपिओ पर्यो कि परेन हेर्न सक्नुहुन्छ ।

 

लघुवित्तले कूल ६ लाख कित्ता आईपिओ निष्काशन गरेकोमा ९ हजार ३०० कित्ता संस्थाका कर्मचारी र ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर बाँकी रहेको ५ लाख ६० हजार ७०० कित्ता शेयर सर्वसाधारणमा खुल्ला गरिएको थियो ।

लघुवित्तले चालू आर्थिक वर्षको प्रथम त्रैमासमा लघुवित्तले ३७ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उसको जगेडा कोषमा एक करोड २६ लाख रुपैयाँ सञ्चित छ भने खराब कर्जा अनुपात ०.४३ प्रतिशत छ ।

लघुवित्तले आईपिओ निष्काशनका लागि सार्वजनिक गरेको विवरणपत्रमा चालु आर्थिक वर्षमा ३ करोड ७३ लाख, आर्थिक वर्ष २०७६/७७ मा ४ करोड ६८ लाख र आर्थिक वर्ष २०७७/७८ मा ५ करोड ७९ रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ ।

चुक्ता पूँजी १२ करोड ६० लाख रुपैयाँ रहेको लघुवित्तको साधारण शेयर निष्काशन पश्चात चुक्ता पूँजी १८ करोड ६० लाख रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।