माइबेनी आयोजनामा एसबिआई र सिद्धार्थ बैंकले एक अर्ब ८६ करोड लगानी गर्ने

Dec 15, 2018 Merolagani

माइबेनी जलविद्युत् आयोजनामा नेपाल एसबिआई बैंक र सिद्धार्थ बैंकले एक अर्ब ८६ करोड ऋण लगानी गर्ने भएका छन् । आयोजनाको प्रवद्र्धक सामलिङ पावर कम्पनी र बैंकका प्रतिनिधिबीच ऋण सम्झौतामा हस्ताक्षर सम्पन्नभएको छ ।


कूल नौ मेगावाट क्षमताको सो आयोजनामा बैंकले कूल लगानीको ७५ प्रतिशत र प्रवद्र्धकले २५ प्रतिशत लगानी गर्ने भएका छन् ।

सम्झौतामा कम्पनी अध्यक्ष विजयबहादुर राजभण्डारी, नेपाल एसबीआर्ई बैंकका प्रतिनिधि बद्रीलाल आमात्य र सिद्धार्थ बैंकका चन्दन कार्कीले हस्ताक्षर गगरे ।

आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले वर्षामा चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ८० पैसामा खरीद गर्ने सम्झौता भइसकेको छ ।

इलाममा आयोजनास्थल रहेको सो आयोजनाबाट उत्पादित विद्युत् इलामको गोदक सवस्टेशनमा जोडिनेछ । आयोजनाबाट वार्षिक पाँच करोड ३२ लाख युनिट बिजुली उत्पादन हुनेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।