तीन कम्पनीको शेयरमूल्य समायोजन, कति कायम भयो समायोजित मूल्य ?

Dec 16, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जले आइतबार तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको छ। स्टकले विजय लघुवित्त, मिसान माइक्रोफाइनान्स र नेपाल ल्युब आयलले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको बोनसपछि मूल्य समायोजन गरेको हो ।

नेप्सेले विजय लघुवित्त (VLBS) को १० प्रतिशत बोनस शेयर पश्चात प्रतिकित्ता ६३१ रुपैयाँ ८२ पैसामा शेयरमूल्य समायोजन गरेको छ। कम्पनीको १८० दिनमा कारोबार भएको शेयरमूल्यको आधारमा औसत आधारमूल्य ६९२ रुपैयाँ ९१ पैसा कायम भएको छ ।

त्यसैगरि किसान माइक्रोफाइनान्स (KMFL) को २९ प्रतिशत बोनस शेयर पश्चात प्रतिकित्ता ९६३ रुपैयाँ ७१ पैसामा नेप्सेले शेयरमूल्य समायोजन गरेको छ । कम्पनीको १८० दिनमा कारोबार भएको शेयरमूल्यको आधारमा औसत आधारमूल्य एक हजार २४१ रुपैयाँ २७ पैसा कायम भएको छ ।

लघुवित्तले हाल निष्काशन गरिरहेको चुक्ता पूँजीको ५० प्रतिशत हकप्रदलार्इ समेत यसअघि प्रस्ताव गरेकाे बाेनस रकम वितरण गर्दा २९ प्रतिशत बाेनस १९.३३ प्रतिशतमा घट्नेछ।

उता नेपाल ल्युब आयल (NLO)को पनि १० प्रतिशत बोनस शेयर पश्चात प्रतिकित्ता १९३ रुपैयाँ ६४ पैसामा शेयरमूल्य समायोजन भएको छ । कम्पनीको १८० दिनमा कारोबार भएको शेयरमूल्यको आधारमा औसत आधारमूल्य १७३ रुपैयाँ ३२ पैसा कायम भएको नेप्सेले जनाएको छ ।

तीनवटै कम्पनीको समायोजित शेयरमूल्यमा शेयर खरिद गर्ने लगानीकर्ताले लाभांश पाउनेछैनन् । 

थप समाचारहरू यहाँबाट पढ्नुहाेस् :-

विजय लघुवित्त र नेपाल ल्यूब अायलको लाभांश सुरक्षित गर्ने आज अन्तिम

तीन करोड खुद ब्याज आम्दानी कमाएको विजय लघुवित्तको नाफा ७७ लाख मात्रै

किसान माइक्रोफाइनान्सको २९ प्रतिशत बोनस सुरक्षित गर्ने बिहीबार अन्तिम दिन

किसान माइक्रोफाइनान्सले फेरि हकप्रदको भारी बोकाउने

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।