आरएमडीसीको लाभांश मंगलबारसम्म कायम शेयरधनीले मात्र पाउने, पुस २० गते एजिएम

Dec 18, 2018 Merolagani

आरएमडीसी लघुवित्त (RMDC) काे २० प्रतिशत लाभांश पाउन पुस ३ गते मंगलबार (अाज) सम्म शेयरधनी बन्नुपर्ने भएकाे छ। लघुवित्त कम्पनीले पुस ४ गते बुधबारदेखि शेयरधनी दर्ता पुस्तिका बन्दन गर्ने भएकाले मंगलबारसम्म कायम रहने शेयरधनीले मात्र साधारण सभामा प्रतिनिधित्व गर्न तथा लाभांश पाउनेछन् ।

कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई प्रस्ताव गरेको २० प्रतिशत लाभांश वितरण गर्न बीसौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

लघुवित्तले चुक्ता पूँजी ७२ करोड ६७ लाख २६ हजार रुपैयाँको १० प्रतिशतले हुन आउने ७ करोड २६ लाख ७२ हजार ६०० रुपैयाँ बराबरको बोनश शेयर र १० प्रतिशतले हुन आउने ७ करोड २६ लाख ७२ हजार ६०० रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । 

कम्पनीको पुस २० गते शुक्रबार बिहान ११ बजे युनाइटेड वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर, काठमाडौँमा वार्षिक साधारण सभा डाकेको छ ।

हाल लघुवित्तको चुक्ता पूँजी ७९ करोड ९३ लाख ९८ हजार रुपैयाँ छ । बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी ८७ करोड ९३ लाख ३७ हजार नाघ्नेछ ।

लघुवित्तले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ७ करोड ९ लाख खुद नाफा कमाएर वार्षिक प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ५१ पैसा कायम गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।