हिमालयन डिस्टिलरीको नगद लाभांश मंगलबारसम्म कायम शेयरधनीलाई

Dec 18, 2018 Merolagani

हिमालयन डिस्टिलरीको २१.०५ प्रतिशत नगद लाभांश पुस ३ गते (आज) सम्म कायम शेयरधनीले मात्र पाउनेछन्। कम्पनीले लाभांश वितरण तथा सधारण सभा प्रयोजनका लागि पुस ४ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएकाले मंगलबारसम्म कायम रहने शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

लाभांश प्रस्ताव पारित गर्न डिस्टिलरीले पुस २५ गते कम्पनीको रजिष्टर्ड कार्यालय वीरगञ्ज महानगरपालिका वडा नं २१ लिपनिविर्ता, पर्सामा बिहान १० बजे साधारण सभा आह्वान गरेको छ । 

सभाले आर्थिक वर्ष २०७४/७५ को वासलात, नाफा नोक्सान हिसाब, लेखापरीक्षक नियुक्ती गर्ने र पारिश्रमिक निर्धारण गर्दै वार्षिक प्रतिवेदनलाई पारित गर्ने प्रस्ताव छ । त्यसैगरि  हिमालयन डिस्टिलरी र राेलिङ्ग रिभर डिष्टिलर्स बीच भएकाे कम्पनीकाे नाममा दर्ता कायम रहेकाे ट्रेड मार्क प्रयाेग गर्ने सम्बन्धि सम्झाैतालार्इ स्वीकृत गर्ने कार्यक्रम रहेकाे छ ।

३८ करोड ५६ लाख ४५ हजार ५००  रुपैयाँ शेयर पूँजी रहेको यस कम्पनीले चालू अार्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ४५ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ६६ रुपैयाँ ९९ पैसा र मूल्य आम्दानी अनुपात ८६.८२ गुणा धेरै रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।