अख्तियारको अनुसन्धानबाट भ्रष्टाचार भएको ठहर पछि मंगलबार पौडेल विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।
अनुसन्धानमा पौडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम कसुर गरेको देखिन आएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।
आरोपित निर्देशक डा. पौडेललाई बिगो एक लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र सोही दफाको उपदफा १ को ग बमोजिम सजाय मागदाबी गरिएको छ ।