मध्य भोटेकोशीको आईपिओ बुधबार बाँडफाँड हुने

Dec 18, 2018 Merolagani

मध्य भोटेकोशी जलविद्युत आयोजना (MBJCL) ले यसअघि दुई चरणमा बिक्री गरेको एक करोड ४४ लाख कित्ता साधारण शेयर (आईपिओ) बुधबार एकैपटक बाँडफाँड हुने भएको छ।

आयोजनाको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लिएको ग्लोबल आइएमई क्यापिटलले बुधबार दिउँसो ३ बजे स्मार्ट क्याफे एण्ड ब्यांक्वेट धुम्बराहीमा आईपिओ बाँडफाँड हुने जनाएको छ । 

कम्पनीले पहिलो चरणमा कात्तिक २८ गतेदेखि मंसिर १४ गतेसम्म कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि एक करोड १७ लाख कित्ता र दोस्रो चरणमा मंसिर १९ गतेदेखि २६ गतेसम्म संगठिक संस्थापक संस्थाका कर्मचारीलाई २१ लाख तथा सञ्चय कोषका कर्मचारीलाई ६ लाख कित्ता निष्काशन गरेको थियो ।

मध्य भोटेकोशीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुबाट एक लाख ३५ हजार ९८६ वटा आवेदनबाट तीन अर्ब ६३ करोड ९५ लाख ३९ हजार रुपैयाँ बराबरको तीन करोड ६३ लाख ९५ हजार ३९० कित्ताका माग आवेदन परेको छ । यस शेयरमा ३.११ गुणा बढी आवेदन परेको हो । यस वर्गका सबै आवेदकले न्यूनतम ८० कित्ता शेयर प्राप्त गर्नेछन् ।

यस्तै, कम्पनीले दोस्रो चरणको संगठित संस्थापक संस्थाका कर्मचारीहरुबाट ९ हजार ५३ जनाले ४५ लाख ३५ हजार ९५० कित्ताका लागि माग आवेदन परेको छ । यस शेयरमा १.६८ गुणा बढी आवेदन परेको छ ।

तेस्रो चरणमा कम्पनीले आयोजनाबाट प्रभावित स्थानीय सिन्धुपाल्चोकका बासिन्दाका लागि र चौथौं चरणमा सर्वसाधारणका लागि साधारण शेयर खुला हुनेछ ।

कस्तो छ आयोजना ?

मध्य भोटेकोशीको सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाटको जलविद्युत आयोजना निर्माणाधीन छ । कम्पनीको अधिकृत पूँजी ६ अर्ब २१ करोड रुपैयाँ छ भने जारी पूँजी ६ अर्ब रुपैयाँ छ ।

आयोजनाबाट वार्षिक ५९ करोड युनिट विक्री योग्य विद्युत उत्पादन हुने अनुमान छ। चिलिमे जलविद्युत पावर कम्पनीको नेतृत्वमा बन्न लागेको यो आयोजना सिन्धुपाल्चोको सबैभन्दा ठूलो हो। आयोजनाको बाध मार्मिङ ९ ९ चाकुमा र पावर हाउस जम्बुमा रहनेछ भने ७.२ किलोमिटर लामो सुरुङमार्ग हुनेछ।  

 

व्याजसहित १५ अर्ब रूपैयाँ लागतमा बन्ने आयोजना सन् २०१३ को सुरुवातमा निर्माण सुरु गरी सन् २०१६ को अन्त्यमा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । तर जुरे पहिरो, भूकम्प, बाढीपहिरो, बाँधस्थलको जग्गा समयमा उपलब्ध नभएका कारण आयोजनाको म्याद थप गरिएको थियो ।

संसोधित कार्यतालिकाअनुसार आयोजनाको निर्माण सन् २०१९ को जुनमा सक्ने लक्ष्य राखिएको छ। आयोजनामा कर्मचारी सञ्चय कोषले ६ अर्ब २१ करोड ऋण प्रवाह गरेको छ।

आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनियरिङ, खरिद र निर्माण ढाँचामा चिनियाँ कम्पनी क्वाङसीले ठेक्का लिएको छ। इलेक्ट्रिमेकानिकल तर्फको काम भने एन्ड्रिज हाइड्रोले गरिरहेको छ।

आयोजनाबाट वार्षिक वार्षिकरुपमा ५४ करोड २० लाख युनिट विद्युत उत्पादन हुने छ । आयोजनाले विद्युत् बिक्रीबाट वार्षिक रुपमा दुई अर्ब ९० करोड ४३ लाख आम्दानी गर्ने अनुमान गरिएको छ ।

कसको कति लगानी ?

आयोजनामा चिलिमेको ३८, नेपाल विद्युत प्राधिकरणको १० तथा स्थानीय नेपाल अरनिको हाइड्रो कम्पनी, सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रालि र सिन्धुपाल्चोक हाइड्रो पावर कम्पनीको एकरएक प्रतिशत संस्थापक शेयर रहने छ । सर्वसाधरणलाई १५, प्रभावित जिल्लाबासीलाई १०, कर्मचारी सञ्चय कोषलाई १९.५ र आयोजनामा कार्यरत कर्मचारीलाई ३.५ प्रतिशत शेयर दिइनेछ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।