आरएमडीसी लघुवित्तको बोनसपछि शेयरमूल्य समायोजन

Dec 19, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जले आररएमडिसी लघुवित्त वित्तीय संस्था (RMDC) को बुधबार बोनसपछि शेयरमूल्य समायोजन गरेको छ। लघुवित्तले गत वर्षको मुनाफाबाट वितरण गरेको १० प्रतिशत बोनसपछि शेयरको मूल्य समायोजन भएको हो ।

नेप्सेले लघुवित्तको प्रतिकित्ता शेयर मूल्य ५३६ रुपैयाँ ३६ पैसा निर्धारण गरेको छ । बुधबार लघुवित्तको यसै मूल्यलाई आधार मानेर शेयर कारोबार सुरु भएको छ । 

नेप्सेमा १८० दिन कारोबार भएको मूल्यको आधारमा लघुवित्तको औसत आधारमूल्य ५७४ रुपैयाँ १८ पैसा कायम भएको छ ।

लघुवित्तले पुस २० गते हुने वार्षिक साधारण सभा प्रयोजनको लागि पुस ४ गते बुधबार शेयर धनी दर्ता किताब बन्द गरेसँगै मूल्य समायोजन भएको हो ।

लघुवित्तले वार्षिक साधारण सभामा १० प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांश गरि कूल २० प्रतिशत लाभांशलाई अनुमोदन गर्नेछ ।

लाभांश वितरण प्रस्ताव पारित गर्न लघुवित्तले पुस २० गते शुक्रबार युनाइटेड वर्ल्ड सेन्टर त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे सभा डाकेको छ ।

लघुवित्तको हालको चुक्ता पूँजी ७२ करोड ६७ लाख २६ हजार रुपैयाँ रहेको छ । बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी ७९ करोड ९३ लाख ९८ हजार रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।