गण्डकी विकास बैंक पनि मर्जरको बाटोमा,अन्य के के छन् साधारण सभाका एजेण्डा ?

Dec 19, 2018 Merolagani

देशमा विद्यमान वित्तीय चुनौतीहरुलाई सामाना गर्न नसक्दा ठूला विकास बैंकहरु वाणिज्य बैंकमा विलिन हुने क्रम जारी नै रहेको छ भने वाणिज्य बैंकहरु पनि मर्जर प्राप्तीलाई खुला राखेर साधारण सभाबाट प्रस्ताव पारित गराउने क्रम बढ्दो छ ।

यसै क्रममा गण्डकी विकास बैंकले मर्जर तथा एक्विजिसनमा जाने संकेत सहित एघारौँ वार्षिक साधारण सभाको आह्वान गरेको छ । सभामा बैंकले उपयुक्त बैंक तथा वित्तीय संस्था एकआपसमा मर्जर वा एक्विजिसनमा जानका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव गरेको छ । 

त्यसैगरि सञ्चालक समितिले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई प्रस्ताव गरेको १४.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पनि अनुमोदन गर्नेछ ।

बैंकले चुक्ता पूँजी २ अर्ब ७५ करोडको १४.२० प्रतिशतले हुन आउने ३८ करोड ५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो ।

साधारण सभा प्रयोजनका लागि बैंकले पुस ११ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । जसअनुसार पुस १० गतेसम्म कायम शेयरधनीले मात्र बैंकको साधारण सभामा भाग लिन र नगद लाभांश प्राप्त गर्नेछन् ।

बैंकको एघारौँ वार्षिक साधारण सभा पुस २६ गते बिहीबार बिहान ९ बजे माउण्ट कैलाश रिसोर्ट लेकसाईड पोखरामा हुने जनाएको छ ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकले १० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी १४ रुपैयाँ ९५ पैसा कायम गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।