सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताव, दुई अर्ब ६० करोड चुक्त्ता पूँजी पुग्ने

Dec 19, 2018 Merolagani

सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) ले गत आर्थिक वर्ष २०७४।७५ को नाफाबाट ९.३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको बुधबार बसेको २२१ औं बैठकले ४ प्रतिशत बोनस शेयर तथा कर प्रयोजन सहित ५.३० प्रतिशत नगद गरि कूल ९.३० प्रतिशत लाभांश बाँड्ने निर्णय गरेको हो ।

बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।

अघिल्लो आर्थिक वर्षमा बैंकले २.५० प्रतिशत बोनस र ९.३० प्रतिशत नगद गरि कूल ११.८० प्रतिशत लाभांश वितरण गरेको थियो ।

हाल सांग्रिलाको चुक्ता पूँजी दुई अर्ब ५० करोड ६३ लाख ८५ हजार रुपैयाँ छ । यसअनुसार बैंकले १० करोड २ लाख ५५ हजार ४०० रुपैयाँ बोनस र १३ करोड ७८ लाख ५१ हजार १७५ रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ । गत आर्थिक वर्षमा बैंकले ३२ करोड ७६ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

बोनस वितरणपछि बैकको चुक्ता पुँजी दुई अर्ब ६० करोड ६६ लाख ४० हजार ४०० रुपैयाँ पुग्नेछ ।चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यो बैंकले एक करोड ९२ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी कायम गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।