यसअनुसार लघुवित्तको सञ्चालक समितिले प्रस्ताव गरेको १५ प्रतिशत बोनस शेयर र ५.७९ प्रतिशत नगद लाभांश पुस ४ गते बुधबारसम्म कायम शेयरधनीले मात्र पाउनेछन् ।
लघुवित्तले पुस २० गते उद्योग संगठन मोरङको सभाहल विराटनगरमा बिहान ११ बजे वार्षिक साधारण सभा आह्वान गरेको छ । सभाले ५ करोड १८ लाख ६७ हजार रुपैयाँ बराबरको बोनस र २ करोड १८ हजार ८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।
त्यस्तै आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान सम्बन्धी हिसाब माथि छलफल, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, आर्थिक वर्ष २०७५/७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा साधारण सभामा रहेको छ ।
हाल ३४ करोड ५७ लाख ८० हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको १५ प्रतिशत बोनसपछि ३९ करोड ७६ लाख ४७ हजार रुपैयाँ पूँजी पुग्नेछ ।