वित्तीय संस्थाको २०७५ पुस १ गते बसेको सञ्चालक समितिको २९८ औं बैठकले सञ्चालक श्रेष्ठलाई अध्यक्ष चयन गरेको थियो ।
त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंक लि.बाट प्रतिनिधित्व हुने गरी बिजेन्द्र सुवालको सट्टामा भाष्कर एन.जोशीलाई मनोनयन गरेको छ । साथै, सञ्चालक समितिले व्यवसायिक विशेषज्ञको तर्फबाट प्रतिनिधित्वका लागि साधना उपाध्यायलाई सञ्चालक समितिमा मनोनयन गरेको छ ।
वित्तीय सस्थाका हालका संस्थापक शेयरधनीहरु स्वावलम्बन विकास केन्द्र, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, नबिल बैंक रहेका छन् ।
संस्थाले २०७५ कार्तिक महिनासम्म ५७ जिल्लाका १२८ शाखा÷उपशाखा कार्यालयबाट करिव २ लाख २७ हजार ग्राहक सदस्यलाई लघुवित्त सेवा पु¥याउदै आएको छ ।