ज्योति विकास बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटी बीच सम्झौता, बैंकका ग्राहक तथा कर्मचारीहरुले यस्ता छुट पाउने

Dec 20, 2018 Merolagani

ज्योति विकास बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटी बीच सहकार्य सम्झौता भएको छ ।बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस संस्थाको देशभरि रहेका हरेक होटेल तथा रेस्टुरेन्टका शाखा सञ्जालहरुबाट विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

त्यस संस्था अन्तर्गत होटेल कैलाली सिद्धार्थ प्रा. लि., टिकापुर, कैलाली, पिस सिद्धार्थ कटेज रेस्टुरेन्ट प्रा. लि. र भिऊ होटेल सिद्धार्थ प्रा. लि., नेपालगन्ज, सिद्धार्थ रिसोर्ट प्रा. लि., चिसापानी, कैलाली, सिद्धार्थ रिभर साइड रिसोर्ट प्रा. लि., चुम्लिङ्गटार, चितवन, सिद्धार्थ कटेज रेस्टुरेन्ट, बुटवल, होटेल सिद्धार्थ, सुन्धारा, काठमाण्डौं, सिद्धार्थ कटेज रेस्टुरेन्ट एण्ड बार प्रा. लि., तिनकुने, काठमाण्डौं आदि गरि हाल १८ वटा होटेल तथा रेस्टुरेन्टहरु सञ्चालनमा छन् ।

सो सम्झौतामा यस बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक शुशिल कुमार शर्मा र त्यस संस्थाका तर्फबाट कर्पोरेट प्रबन्धक सुरज प्याकुरेलले हस्ताक्षर गरेका छन् । यस बैंकका ग्राहकहरुले बैंकको एटीएम कार्ड देखाई र बैंकका कर्मचारीहरुले बैंकको परिचयपत्र देखाइ यो सुविधाको लाभ लिन सक्नेछन् ।

हाल बैंकले ८३ वटा शाखा कार्यालय तथा २२ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप ७ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम सञ्चालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

हालसम्म बैंकले एक लाख ५२ हजारभन्दा बढि खाताबाट २३ अर्बभन्दा बढी निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत १९ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्न सफल भएको छ ।

बैंकको हालको चुक्तापूँजी दुई अर्ब ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकाश बैकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडै नै सुरुवात गर्ने तयारीमा रहेको छ । तत्पश्चात बैंकको चुक्ता पूँजी ३ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।