आरएसडिसी लघुवित्तको साधारण सभा पुस २९ गते, कहिलेसम्म कायम शेयरधनीले पाउँछन् लाभांश ?

Dec 20, 2018 Merolagani

आरएसडिसी लघुवित्त वित्तीय संस्था (RSDC) ले पुस २९ गते बुटवलमा पाँचौ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको लागि पुस १५ गतेदेखि २९ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द  (बुकक्लाेज) गर्न लागेको छ ।

यसअनुसार पुस १२ गत बिहीबारसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा सहभागि हुन पाउनेछन् । 

कम्पनीले पाँचौ वार्षिक साधारण सभाले शेयरधनीहरुको लागि १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।

हाल ५७ करोड ५९ लाख २० हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको बोनसपश्चात ६३ करोड ३५ लाख १२ हजार पुग्नेछ ।

साथै, संस्थापक तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक र एक जना स्वन्तत्र सञ्चालकको निर्वाचन समेत गर्ने एजेण्डा समेत सभामा रहेको छ ।

 

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।