सरकारकाे दावी 'छ महिनामा नेपालको आफ्नै रेल कुद्छ,पानी जहाज चलाएरै देखाउँछाैं'

Dec 20, 2018 Merolagani

आगामी छ महिनामा देश भित्रै यात्रुवाहक रेल सञ्चालनमा आउने सरकारले बताएको छ । विहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले रेल किन्नका लागि सरकारले ५० करोड रुपैयाँ छुट्याएको जानकारी दिए ।

सरकारले रेल, पानी जहाज लगायतका परियोजना सञ्चालनलाई प्राथमिकतामा राखेको भन्दै मन्त्ती बाँस्कोटाले जयनगर–जनकपुर रेल छ महिनामै सञ्चालनमा आउने दाबी गरे ।

रेल खरिदका लागि करिब एक अर्ब लाग्ने अनुमान सरकारले गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए । 'ढुक्क भएर बसे हुन्छ, छ महिनामा रेल चढ्न पाइन्छ।' बाँस्कोटाले भने ।

पुषसम्म नेपालमा पानी जहाज चलाउने प्रधानमन्त्रीको भाषण किन पुरा नभएको भन्ने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री बाँस्कोटाले भारतसंगको सहकार्यमा नेपालका नदीहरुमा पानी जाहाज चलाउनेबारे गृहकार्य जारि रहेको जानकारी दिए ।

पानीको सतह, चढ्ने ओराल्ने विन्दु लगायत धेरै विषयमा गहन गृहकार्य भई रहेको भन्दै मन्त्री बाँस्कोटाले सरकारले देखेको सपना पुरा गरेरै छाड्ने बताए ।

सरकारलाई पानी जहाज खै भनेर खिस्सी टिउरी गरिन थालेको आरोप लगाउँदै बाँस्कोटाले भने 'हेर्दै जानुस् पानी जहाज पनि चलाएरै देखाउँछौं ।'

साता भरी सरकारले गरेका काम कारबाही, आम सञ्चार माध्यमले सरकारबारे गरेका कटाक्ष लगायतका सबै विषयमा खुलेरै प्रस्तुत भएका मन्त्री बाँस्कोटाले सरकारका कोही पनि मन्त्री भ्रष्टाचार गर्न पदमा नबसेको जिकिर समेत गरे ।

ऐन,नियमले दिएको र ब्यावहारिक कठिनाईका कारण केही सुविधा अति आवश्यकतामा प्रयोग भएको स्वीकार गर्दै बाँस्कोटाले अतिरञ्जीत ढंगले एकोहोरो नलखेट्न आम सञ्चार माध्यममलाई आग्रह गरे ।

जनताको दुःख र पसिनामा खेलेर कमाऔँ, खाऔँ भन्ने पक्षामा केही पनि मन्त्री नरहेको भन्दै बाँस्कोटाले अहोरात्र खट्ने स्वकीय सचिव भईमा सुत्न नसक्ने बताए ।

 

 

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।