नेप्सेले किन गर्यो ३ वाणिज्य बैंक सहित ५ बैंकको शेयर कारोबार रोक्ने निर्णय ?

Dec 20, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जले ३ वाणिज्य बैंक तथा २ वटा विकास बैंकको शेयर कारोबार रोक्का गर्ने निर्णय गरेको छ। नेप्सेले सनराइज बैंक, हिमालयन बैंक, मेगा बैंक, मिसन डेभलपमेण्ट बैंक तथा सांग्रीला डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का गर्ने निर्णय गरेको हो ।

सूचीकरण नियमावली तथा नेप्सेको परिपत्र विपरितका कामहरु गरेको भन्दै नेप्सेले बैंकहरुको शेयर कारोबार रोक्का गर्ने निर्णय गरेको हो ।

नेप्सेका अनुसार सूचीकृत कम्पनीले बुझाउनु पर्ने सूचनाहरु सार्वजनिक नगरेको तथा कार्यतालिका अनुसार संस्था नचलेको भन्दै शेयर कारोबारमा रोक लगाइएको हो ।

(स्पष्टिकरण: हिजो प्रकाशित यसै समाचारमा कारोबार रोक्का गरेको दुई विकास बैंकमध्ये मिसन र सांग्रीला डेभलपमेन्ट बैंक हुनपर्नेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक हुन गएकोमा यसबाट शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक  तथा आम पाठहरुमा गलत सूचना सम्प्रेषित हुन पुगेकोमा क्षमायाचना गर्दछौं । )

नेप्सेको सूचीकरण शाखाले केही समय अघि सूचीकृत कम्पनीहरुलाई सूचना प्रवाह गर्ने लगायत विषयमा परिपत्र जारी गरेको थियो । उल्लेखित ५ संस्थाले उक्त परिपत्रको पालना नगरेको नेप्सेको ठहर छ ।

धितोपत्र सूचीकरण विनियमावली २०७५ को दफा २२ को उपदफा १ को खण्ड ‘ङ’मा गरिएको व्यवस्था अनुसार निर्णयका सूचनाहरु सञ्चालक समितिको बैठकको समय समेत उल्लेख गरी तोकिएको समयमा नेप्सेमार्फत सार्वजनिक गर्नु पर्ने हुन्छ । उक्त व्यवस्था विपरित सूचनाहरु उपलब्ध गराएको भन्दै नेप्सेले सुध्रिन दवाब दिन यस्तो निर्णय गरेको हो ।

यसका साथै नेप्सेमा सूचीकरण हुँदा गरिएको सम्झौता पनि उल्लेखित संस्थाले पालना नगरेको निष्कर्ष नेप्सेले निकालेको छ ।

बैंकहरुको कृयाकलापका बारेमा शेयरधनीहरुलाई जानकारी दिनका लागि शेयर कारोबार रोक्का गराइएको आँकलन गरिएको छ । यसबाट लगानीकर्ताले कम्पनीहरुको कृयाकलापका बारेमा जानकारी पाएर सजग हुन मद्धत पुर्याउने छ भने संस्थालाई प्रकृयागत विषयमा चुस्त रुपमा काम गर्न नैतिक दवाब समेत दिनेछ ।

नेप्सेले यस सम्बन्धमा कम्पनीहरुसँग प्रष्टीकरण सोधेर जवाफ पाए पछि सोमबारदेखि शेयर कारोबार सुचारु गराउने सम्भावना छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।