प्राईम कमर्सियल बैंककाे बोनस घोषणा

Dec 21, 2018 Merolagani

प्राईम कमर्सियल बैंक (PCBL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घाेषणा गरेको छ। बैंकले गत आवको वितरणयोग्य मुनाफाबाट १६ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव गरिएको छ । अघिल्लाे वर्ष बैंकले २७ प्रतिशत बाेनस बाँडेकाे थियाे ।

बैंक सञ्चालक समितिका पुस ५ गते  बिहीबार ३ बजे सम्पन्न ३४८ औं बैठकले साे लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे । सञ्चालक समितिको निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीलाई विरण हुनेछ ।

प्राइमको हाल चुक्ता पूँजी ८ अर्ब ३ करोड ३२ लाख ९९ हजार रुपैयाँ रहेको छ। १६ प्रतिशत बराबरको एक अर्ब २८ करोड ५३ लाख २७ हजार ८४० रुपैयाँ बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ३१ करोड ८६ लाख २६ हजार ८४० रुपैयाँ पुग्नेछ ।

नेपाल फाइनान्सिङ रिर्पोटिङ्ग स्टाण्डर्ड (एनएफआरएस) अनुसार आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमासमा बैंकले एक अर्ब ८९ करोड २० लाखको वितरणयोग्य मुनाफा आर्जन गरेको थियो । जसबाट एक अर्ब २८ करोड ५३ लाख लाभांश बाँड्नेछ ।

 

 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ५८ करोड १९ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २८ रुपैयाँ ९८ पैसा कायम गरेको छ ।

सम्बन्धित समाचारहरू:-

प्राइम बैंकले ओम डेभलपमेन्टलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट पायो सैद्धान्तिक स्वीकृती

तोकिएको पूँजी पुर्याएका बैंकहरुको मर्जरले अन्य बैंकहरुलाई समेत दबाव

यस्तो छ २७ वाणिज्य बैंकको गत बर्षको नाफा, चार बैंकको बाहेक सबैको बढ्यो

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।