बैंक सञ्चालक समितिको पुस ६ गतेृ शुक्रबार बसेको बैठकले हाल कायम चुक्ता पूँजीको १७.३५४१ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्तावित बोनसमा लाग्ने करका लागि नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको छैन । बैंकले मर्जरका कारण पाएको करछुट उपयोग गर्दा लगानीकर्ताले कर तिर्नु पर्ने भएको हो ।
बैंकको अहिले चुक्ता पूँजी २ अर्ब १७ करोड ३५ लाख २३ हजार रुपैंया छ । बैंकले प्रस्ताव गरेको ३७ करोड ७१ लाख ९७ हजार २३६ रुपैंयाको बोनस बितरण पश्चात चुक्ता पूँजी २ अर्ब ५५ करोड रुपैंया नाघ्नेछ ।
प्रस्तावित बोनस राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउने छन् ।