सिभिल लघुवित्तले शतप्रतिशत हकप्रद बेच्ने

Dec 23, 2018 Merolagani

सिभिल लघुवित्त (CLBSL) ले शेयरधनीलाई चुक्ता पूँजी बराबर (शतप्रतिशत) हकप्रद शेयर बिक्री गर्ने भएको छ। लघुवित्तको पुस ६ गते बसेको सञ्चालक समितिको बैंठकले बोनसपछि कायम हुने चुक्ता पूजीको शतप्रतिशत हकप्रद जारी गर्ने निणर्य गरेको हो।

लघुवित्तले पुस २९ गते हुने सातौं वार्षिक साधारण सभामा हकप्रद निष्काशन सम्बन्धी विशेष प्रस्ताव लैजाने भएको हो ।

गत आर्थिक वर्षकाे नाफाबाट प्रस्ताव भएकाे चार प्रतिशत बोनस शेयर पश्चात लघुवित्तको ११ करोड ४१ लाख १४ हजार रुपैयाँ पुग्नेछ । यहि पूँजी बराबर नै लघुवित्तले हकप्रद निष्काशन गरेको हो । प्रस्तावित हकप्रदपछि लघुवित्तको चुक्त्ता पूँजी  २२ करोड ८२ लाख २८ हजार रुपैयाँ पुग्नेछ ।

साधारण सभाले  ४ प्रतिशत बोनस शेयर र बोनसकाे कर सहित  ३.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

 

 

पुस २९ गते आइतबार बिहान ११ बजे होटल अर्किड त्रिपुरेश्वरमा डाकेकाे साधारण सभाका लागि कम्पनीले पुस २० गते बुकक्लाेज गदैर्छ । यसअनुसार पुस १९ गतेसम्म कायम हुने शेयरधनीले मात्र लघुवित्तकाे ४ प्रतिशत बाेनस पाउनेछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड ८२ लाख २८ हजार रुपैयाँ  चुक्त्ता पूँजी रहेकाे लघुवित्तले २४ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ९ रुपैयाँ ३ पैसा काय गरेकाे छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।