वित्तीय बजार सुधारको कामसँगै शेयर बजारमा उछाल, कति दिगो ?

Dec 23, 2018 Merolagani

वित्तीय बजार सुधारका लागि सरकारले पहलकदमी लिएसँगै शेयर बजारमा उछाल देखिएको छ । आइतबार कारोबार खुल्ने बितिक्कै नेप्सेमा २० अंक बढीको सुधार देखिएको छ । तिब्र गतिमा २२ अंकसम्म बढेको बजार यो सामग्री तयार गर्दासम्म १८ अंकको वृद्धिमा छ ।

वाणिज्य बैंकहरुको व्याजदर फराकिलो अन्तरले घटेपछि त्यसको सिधा असर शेयर बजारमा देखिएको हो ।

बजार खुलेको एक घण्टामा साढे १२ लाख कित्ता शेयर कारोबार भई सकेको छ भने ३४ करोड बढीको कारोबार भैसकेको छ ।

खास गरि मुद्रा तथा शेयर बजार सुधारबारे अध्ययन गर्न गठित कार्यदलले अर्थमन्त्रीलाई बुझाएको प्रतिवेदन र वाणिज्य बैंकहरुको ब्याजदर नियन्त्रण गर्न राष्ट्र बैंकले चालेको छलफल आइतबार बजार बढ्नुको मुख्य पुष्ठभूमी मानिएको छ ।

मुद्रा तथा शेयर बजार सुधारबारे अध्ययन गर्न गठित कार्यदलले अर्थमन्त्रीलाई बुधबार ५८ बुँदे सुझाव प्रतिवेदन बुझाएको थियो । दुई दिनसम्म गोप्य राखिएको प्रतिवेदन अर्थ मन्त्रालयद्धारा शुक्रबार सार्वजनिक हुनु र आइतबार बजारमा सुधार देखिनुलाई लगानीकर्ताको मनोबल बढेको रुपमा हेर्न थलिएको छ ।

यता सोही प्रतिवेदनको कार्यान्वयन स्वरुप अर्थमन्त्रीको प्रत्यक्ष निर्देशनमा राष्ट्र बैंकद्धारा वाणिज्य बैंकहरुले तोकेको ब्याजदर घटाएर एउटा सीमा तोक्न सफल हुनु पनि आइतबारको बजारको लागि सकारात्मक संकेत बनेको छ ।

वाणिज्य बैंकहरुको ब्याजदर सीमा तोकिएसंगै विकास बैंक र फाइनान्सहरुले पनि आफ्नो ब्याजदर घटाएका छन् । केही साता अघिसम्म शेयर बजारबाट विश्वास गुमाइ सकेका लगानीकर्तामा फेरि आशा पलाएको आइतबारको बजारले संकेत गरेको छ ।

यो अवस्था जारी रहे शेयर बजारमा राम्रो सुधार हुने अनुमान गर्न सकिने अवस्था सृजना भएको छ । तर आइतबारको तिब्र गतिको वृद्धि भने बजारका लागि घातक हुन सक्छ । तर बजारप्रति नकारात्मक बन्नुपर्ने अवस्थाको अन्त्य भएको आंकलन गर्न सकिन्छ । तिब्र उतार चढावमा फस्ने खतरा भने अधिक रहेको बजारले देखाएको छ ।

बजार खुलेर एकाएक २३ अंकसम्म उक्लिएकोमा त्यो सन्तुलन हुने क्रममा छ । यसरी छिनभरमा उपल्लाे  बिन्दुमा कारोबार गर्दा कमाउने र गुमाउनेको अवस्था अधिक हुन्छ। यसले संयमित भएर कारोबार निर्णय गर्नुपर्ने देखाउँछ ।

बजारमा लगानीकर्ताको आकर्षण भने वाणिज्य बैंकहरुको शेयरमा देखिएको छ । २ विकास बैंक र एउटा जीवन बीमा कम्पनीसँगै ७ वाणिज्य बैंकको अधिक शेयर कारोबार भईरहेको छ ।

अधिक शेयर मूल्य बढ्ने कम्पनीको सूचीमा केही बीमा कम्पनी सहित साना तथा मझौला कम्पनी परेका छन् । शेयर मूल्य घट्ने कम्पनीको सूचीमा केही वित्त कम्पनीसँगै जलविद्युत कम्पनीको वर्चस्व देखिएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।