आइतबार थप ११ कम्पनीद्धारा साधारण सभा आह्वान, यस्ता छन् सभाको मुख्य एजेण्डा

Dec 23, 2018 Merolagani

चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक मिसित नजिकिँदै जाँदा गत आर्थिक वर्षको साधारण सभा आह्वान गर्ने क्रम तिब्र बनेको छ। यसैबीच पुस मसान्तभित्रै सभा सक्ने गरि आइतबार थप ११ कम्पनीले गत आर्थिक वर्षको साधारण सभा आह्वान गरेका छन् ।

पुस मसान्तसम्म साधारण सभा सम्पन्न नगर्ने सूचीकृत कम्पनीहरुलाई नेप्सेले गर्ने कम्पनी वर्गिकरणमा घटुवामा पर्नेदेखि परिवाना सम्म तिर्नुपर्ने भएकाले बैंक तथा वित्तिय संस्थाहरुलाई साधारण सभा गर्ने चटारो परेको हो ।

पूर्णिमा विकास बैंक (PURBL) को एघारौँ वार्षिक साधारण सभा पुस २७ गते शुक्रबार बिहान ९ बजे होटल पौवा प्रा.लि रुपन्देहीमा हुने भएको छ । पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र बैंकको साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

सिर्जना फाइनान्स (SFFIL) ले मोरङ्ग व्यापार संघको सभाकक्ष विराटनगरमा पुस २८ गते ११ बजे साधारण सभा आह्वान गरेको छ । पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 

सिन्धु विकास बैंक (SINDU) को नवौँ वार्षिक साधारण सभा पुस २८ गते शनिबार बिहान १० बजे मेलम्ची रिभर रिसाोर्ट, मेलम्ची सिन्धुपाल्चोकमा हुने जनाएको छ । पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र बैंकको साधारण सभामा भाग लिन पाउनेछन् ।

नेपाल सेवा लघुवित्त (NSEWA) को चौंथो वार्षिक साधारण सभा पुस २८ गते शुक्रबार बिहान ११ बजे श्री इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशिला ८, सिन्धुपाल्चोकमा हुने जनाएको छ । कम्पनीले बुकक्लाेज मिति ताेकेकाे छैन ।

जनता बैंक (JBNL) को नवौँ वार्षिक साधारण सभा पुस २९ गते बिहान ११ बजे अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली काठमाडौँमा हुने जनाएको छ । पुस १५ गतेसम्म कायम शेयरधनीले मात्र बैंकको साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

एमएमबि माइक्रोफाइनान्स (NMFBS) को छैठौँ वार्षिक साधारण सभा पुस २९ गते आइतबार बिहान ११ बजे ह्वाइट हाउस पार्टी प्यालेस, सृजनाचोक पोखरा, कास्कीमा हुने भएको छ । पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र माइक्रोफाइनान्सको साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 

फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्स (FOWAD) को छैठौँ वार्षिक साधारण सभा पुस २९ गते दिउँसो ११ बजे वित्तिय संस्थाको केन्द्रीय कार्यालय दुहवी, सुनसरीमा हुने भएको छ । पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

महुली सामुदायिक लघुवित्त (MSLB) ले पुस २९ गते ११ बजे केन्द्रीय कार्यालय सप्तरीमा साधारण सभा आह्वान गरेको छ । पुस १५ गतेसम्म कायम रहने शेयरधनीले मात्र कम्पनीको साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 

सिभिल लघुवित्त (CLBSL) को सातौँ वार्षिक साधारण सभा पुस २९ गते आइतबार बिहान ११ बजे होटल अर्किड, त्रिपुरेश्वर काठामाडौँमा हुने भएको छ । पुस १९ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारण सभामा भाग लिन पाउनेछन् ।

दिव्यश्वरी हाइड्रोपावर (DHPL) को चौंथो, पाँचौं र छैटौं वार्षिक साधारण सभा पुस ३० गते सोमबार बिहान ११ बजे योगाम्बर व्याङ्वेट नेशनल ट्रेडिङ्ग कम्पाउण्ड भित्र बग्गीखाना छेउ सिंहदरबारमा हुने भएको छ । पुस १५ गतेसम्म कायम रहने शेयरधनीले मात्र कम्पनीको साधारण सभामा भाग लिन पाउनेछन् ।

अरुण काबेली पावर (AKPL) को सातौँ तथा आठौँ वार्षिक साधारण सभा पुस ३० गते सोमबार बिहान ११ बजे इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर काडमाडौँमा हुने भएको छ । पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउनेछन् । 

यस्ता छन् साधारणा सभाका मुख्य एजेण्डा:-

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।