मिर्मिरे लघुवित्तको बाेनस पाउन आजसम्म शेयरधनी बन्नुपर्ने

Dec 24, 2018 Merolagani

मिर्मिरे लघुवित्त (MMFDB) ले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको चुक्ता पूँजीको २४ प्रतिशत तथा १.२६ प्रतिशत नगद लाभांश पुस ९ गते सोमबारसम्म कायम शेयरधनीले मात्र पाउनेछन्। लाभांश बाँड्न लघुवित्तले पुस १० गतेदेखि बुकक्लोज गर्ने भएकाले लाभांश पाउन आजसम्म शेयरधनी बन्नुपर्ने भएको हो।

नेपाल स्टक एक्सचेन्जमा पुस ९ गतेसम्म शेयर किन्नेले मात्र कम्पनीले प्रस्ताव गरेको नगद लाभांश प्राप्त गर्नेछन्। यसअघि नै कायम शेयरधनीले भने उक्त लाभांश पाउनेछन् । पुस ९ गते साेमबार लघुवित्तकाे शेयरमूल्य प्रतिकित्ता १२२० रूपैयाँ हाराहारीमा काराेबार भैरहेकाे छ ।

कम्पनीले लाभांश, हकप्रद लगायतका प्रस्ताव पारित गराउने पुस २१ गते १२:३० बजे मिरावल रिसोर्ट एण्ड होटेल, धुलिखेलमा आठौं वार्षिक साधारणसभा आव्हान गरेको छ ।

कम्पनीले साधारणसभामा चुक्ता पूँजी १० करोड ३८ लाख ६० हजार रुपैयाँको २४ प्रतिशत बोनस शेयर (दुई करोड ४९ लाख २६ हजार ४०० रुपैयाँ) तथा कर प्रयोजनका लागि १.२६ प्रतिशत ( १३ लाख ११ हजार ९१५ रुपैयाँ) नगद लाभांश पारित गर्ने विशेष प्रस्ताव रहेको छ ।

त्यस्तै बोनस शेयरपछि कायम हुने १२ करोड ८७ लाख ८६ हजार ४०० रुपैयाँ पूँजीको २ बराबर १ हकप्रद शेयर जारी गरि १९ करोड ३१ लाख ७९ हजार ६०० रुपैयाँ चुक्ता पूँजी पुर्याउने प्रस्ताव रहेको छ ।

त्यसैगरि अन्य प्रस्तावहरुमा मर्जर/प्राप्ती, कार्यक्षेत्र विस्तार गरि राष्ट्रियस्तरको बनाउने, वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाबमाथि छलफल गरि पारित गर्ने लगायतका एजेण्डा रहेका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।