तीन वाणिज्य बैंक सहित आठ कम्पनीले डाके साधारण सभा, लाभांश बाँड्न कहिले गर्दैछन् बुकक्लोज ?

Dec 24, 2018 Merolagani

चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक मिति नजिकिँदै जाँदा गत आर्थिक वर्षको साधारण सभा आह्वान गर्ने क्रम तिब्र बनेको छ। सोमबार नेप्सेमा सूचीकृत कम्पनीमध्ये तीन वाणिज्य सहित थप आठ कम्पनीहरुले पुस ३० गते सक्नेगरि गत आर्थिक वर्षको साधारण सभा आह्वान गरेका छन् ।

आइतबार ११ सूचीकृत कम्पनीहरुले साधारण सभा आह्वान गरेका थिए । 

आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र सूचीकृत कम्पनीहरुले ब्यतित भएको आर्थिक वर्षको साधारण सभा सम्पन्न गर्नुपर्ने व्यवस्था रहेको छ । यस समयावधिभित्र साधारण सभा सम्पन्न गर्न नसक्ने कम्पनीहरुलाई नेप्सेले आर्थिक जरिवाना सहित कम्पनी वर्गिकरणमा घटुवा गर्नेसम्मको कारवार्ही गर्ने गर्दछ ।

जरिवाना र सजायबाट जोगिनका लागि हरे आर्थिक वर्ष समाप्त भएको ६ महिना बित्नै लाग्दा सूचीकृत कम्पनीहरुलाई साधारण सभा गर्ने हतार हरेक वर्ष बढ्ने गर्दछ ।

नेपाल दुरसञ्चार कम्पनी (NTC) ले गत आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य नाफाबाट प्रस्ताव गरेको ५५ प्रतिशत नगद लाभांश वितरण गर्न एघारौं वार्षिक साधारण सभा बोलाएको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १५ गते आइतबारदेखि पुस ३० गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन अर्थात पुस १२ गते बिहीबारसम्म कायम शेयरधनी मात्र लाभांश पाउनेछन् ।

नेपाल कम्यूनिटी डेलभपमेन्ट बैंक (NCDB) ले नवौं वार्षिक साधारण सभा पुस ३० गते सोमबार आह्वान गरेको छ । साधारण सभाका प्रयोजनका लागि बैंकले पुस १७ गतेदेखि पुस ३० गते सम्म बुकक्लोज बन्द गर्ने जनाएको छ। सभामा शेयरधनीहरुलाई चुक्ता पुँजीको ६.४२ प्रतिशतले नगद लाभांश र १ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गर्दैछ । उक्त्त लाभांश पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र पाउनेछन्।

मेगा बैंक (MEGA) को पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले आठौं वार्षिक साधारण सभा पुस ३० गते बिहान ११ बजे, राष्ट्रिय सभागृह, प्रदशनीमार्ग काठमाडौंमा बोलाएको छ । साधारण सभाको लागि बैंकले पुस १६ गते बुकक्लोज गर्ने जनाएको छ ।  साधारण सभामा १.००२३३ प्रतिशत बोनस शेयर र ६.८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुँदैछ । लाभांश पुस १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र पाउनेछन् ।

सिटिजन्स बैंक (CZBIL) ले लाभांश पारित गर्न बाह्रौ साधारण सभा बोलाएको छ । पुस ८ गते बसेको बैंक सञ्चालक समितिको २८५ औं बैठकले पुस ३० गते लैनचौर बैंकक्वेट काठमाडौंमा बिहान ११ बजे साधारण सभा आह्वान गरेको हो ।

साधारण सभामा ३.६ प्रतिशत अर्थात २९ करोड १४ लाख रुपैयाँ बराबरको बोनस शेयर तथा १३ करोड १३ लाख रुपैयाँ करिब १.६ प्रतिशत नगद लाभांश पारित गर्ने तयारी गरेको छ । सभाले बैंकको थप सार्वजनिक निष्काशन (एफपिओ) निष्काशन गर्ने निर्णय अनुमोदन गर्ने र मर्जर।एक्विजिशन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने तयारी गरेको छ । 

साधारण सभा प्रयोजनको लागि बैंकले पुस १७ गते बुकक्लोज गर्ने जनाएको छ । त्यस अनुसार पुस १६ गते सम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछन् ।

हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (HIDCL) ले १० प्रतिशत बोनश शेयर र बोनसपछि कायम हुने चुक्ता पूँजीको शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न साधारण सभामा बोलाएको छ ।

कम्पनी सञ्चालक समितिको पुष ८ गते बसेको १७४ बैठकले पुष ३० गते नेपाल प्रज्ञा प्रतिष्ठा, कमलादी काठमाडौंमा बिहान ११ बजे सातौं साधारण सभा बोलाएको हो । कम्पनीले शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने एक अर्ब रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने र बोनस शेयरमा लाग्ने कर वापतको २ करोड १० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा गर्दैछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार पुस १६ गते सम्म कायम शेयरधनीले मात्रै कम्पनीको लाभांश पाउनेछन् । 

हिमालयन बैंक (HBL) पुस ३० गते सोमबार, बिहान ११ बजे, कार्की ब्याङक्वेट, माईतीघर काठमाडौंमा छब्बीसौं वार्षिक साधारण सभा गर्ने भएको छ । सभामा १०.७८९५ प्रतिशत नगद र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले साधारण सभा प्रयोजनको लागि पुस १६ गते देखि बुकक्लोज गर्ने भएकोले पुस १५ गतेसम्म कायम शेयरधनीले मात्र पाउनेछन् ।

सांग्रिला विकास बैंक (SADBL) ले लाभांश पारित तथा सञ्चालकहरुको चयन गर्ने मुख्य एजेन्डा सहित चौधौं साधारण सभा आह्वान गरेको छ । बैंकले पुस ३० गते बिहान ९ः३० बजे अमृतभोग, कालिकास्थान काठमाडौंमा साधारण सभा डाकेको हो ।

बैंकको चुक्तापूँजी २ अर्ब ५० करोड रुपैयाँको ५.४५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ । यस्तै संस्थापक र सर्वसाधारण शेयरधनीको तर्फबाट ३/३ जना प्रतिनिधित्व गर्ने गरी सञ्चालकहरुको चयन गर्ने र मर्जर वा एक्विजिसन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने तयारी गरेको छ ।

नयाँ नेपाल लघुवित्त (NNLB) ले कम्पनीको दशौं वार्षिक साधारण सभा पुस ३० गते गर्ने भएको छ । साधारण सभा प्रयोजनको लागि पुस १६ गतेदेखि बुकक्लोज गर्ने भएको छ । यसअनुसार पुस १५ गतेसम्म कायम रहने शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

साथै लघुवित्तले साधारण सभामा सात जना सञ्चालकको निर्वाचन गर्ने र मर्जर वा एक्विजिसनमा जाने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।