सर्पोट माइक्रोफाइनान्सले लाभांश नबाँड्ने

Dec 25, 2018 Merolagani

सर्पोट माइक्रोफाइनान्स (SMB) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई कुनै लाभांश वितरण नगर्ने भएको छ। लघुवित्त सञ्चालक समितिको पुस ९ गते बसेको १२४ औं बैठकले सो निर्णय गरेको हाे ।

बैठकले लघुवित्तले गत आर्थिक वर्षमा २४ लाख ५३ हजार १५३ रुपैयाँ ८५ पैसा खुद नाफा कमाएकोमा विभिन्न कोषहरुमा बाँडफाँड गरि बाँकी रहेको ११ लाख ८९ हजार ८१९ रुपैयाँ ८ पैसा लाई सञ्चित मुनाफामा राख्न साधारण सभाको अनुमोदनका लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतीको लागि पठाउने निर्णय गरेको हो ।

 

 

लघुवित्तले २०७४ असोजमा एक लाख ८० हजार कित्ता आईपिओ जारी गरेर ६ करोड रुपैयाँ चुक्ता पूँजी कायम गरेको थियो । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।