नेपाल हाइड्रो डेभलाेपर लिमिटेडले शेयर लाभांश वितरण गर्ने

Dec 25, 2018 Merolagani

नेपाल हाइड्रो डेभलाेपर लिमिटेड (NHDL) ले शेयर लाभांश वितरण गर्ने भएको छ। कम्पनी सञ्चालक समितिको पुस ९ गते बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ४% बोनस तथा बोनसकाे कर प्रयाेजनका लागि नगद लाभांश प्रस्ताव गरेको हो ।

बैठकल कम्पनीले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट प्रतिशेयरमा ४ प्रतिशत बोनस र कर प्रयोजनका लागि ५ लाख ४७ हजार रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । 

हाल २६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको बोनसपछि २७ करोड ४ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । गत वर्ष कम्पनीले एक करोड ९७ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

नेपाल हाइड्रो डेभलपर कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा एक करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २६ रुपैयाँ ५७ पैसा छ ।

कम्पनीले २०७४ साउनमा  एनएमबि क्यापिटल मार्फत तीन लाख ९० हजार कित्ता साधारण शेयर जारी गरेकाे थियाे ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।