दुई कम्पनीको शेयर लिलामी आजदेखि खुल्यो, एकको भोलि खुल्ने

Dec 25, 2018 Merolagani

सूचीकृत कम्पनीहरुले बोनस भन्दा हकप्रदलाई जाेड दिएर भारी मात्रामा हकप्रद जारी गर्दा धेरै कम्पनीहरुको हकप्रद बिक्री नभएर लिलामी मार्फत शेयर बिक्री गर्ने अवस्था आइरहेको छ। यसै क्रममा लुम्बिनी विकास बैंक र जेबिल्स फाइनान्सले आज (पुस १० गते मंगलबार) देखि शेयर लिलामी खुला गरेका छन् भने बेष्ट फाइनान्सको भोलिदेखि खुल्ने भएको छ ।

दोस्रो बजारमा शेयरमूल्य घटिरहेको अवस्थामा धेरै कम्पनीले ठूलो परिमाणमा लिलामीको शेयर बिक्रीमा ल्याउँदा लिलामीकर्ताहरुले ससतो मूल्यमा सकार्ने अवसर अहिले बजारमा रहेको छ । पुसमा विभिन्न कम्पनीका एक करोड बढी कित्ता शेयर लिलामी हुँदैछ

लुम्बिनी विकास बैंकको ३ लाख ४४ हजार कित्ता संस्थापक लिलामीमा

लुम्बिनी विकास बैंक (LBBL) को लिलामी शेयर आज मंगलबार देखि बिक्री खुला भएको छ । बैंकले ३ लाख ४४ हजार ९४६.४४ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । पुस १० गते मंगलबार कम्पनीको शेयरमूल्य प्रतिकित्ता १७५ रुपैयाँ हाराहारीमा काराेबार भैरहेको छ ।

बैंकको लिलामी शेयरमा पुस १० गते देखि २५ गते सम्म आबेदन दिन सकिनेछ । यो लिलामी शेयरमा न्युनतम १०० रुपैयाँ तोकेर न्युनतम १०० कित्ताको लागि आबेदन दिनुपर्नेछ । अधिकतम आवेदनको संख्यामा कुनै हद तोकिकएको छैन् तर आवेदन गर्दा १० अंकको गुणाङ्गमा आउने गरी आवेदन दिनुपर्दछ ।

बैंकले यस अघि २० लाख ८ हजार ८७८.४७ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । त्यस सबै हकप्रद बिक्री नभएपछि बाँकी शेयर लिलामीमा ल्याइएको हो ।

इच्छुक लगानीकर्ताले कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्यायल भिबोर क्यापिटल, ट्रेड टावर थापाथलीमा बोलपत्र आवेदन बुझाउन सक्नेछन् ।

चुक्ता पुँजी २ अर्ब १७ करोड रुपैयाँ रहेको बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रतिशेयर आम्दानी १४ रुपैयाँ ९३ पैसा, प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ४६ पैसा छ ।

जेबिल्स फाइनान्सको ९ लाख ९७ हजार कित्ता लिलामीमा

जेबिल्स फाइनान्स (JEFL) को पनि आजै मंगलबार देखि ९ लाख ९७ हजार ६२८ कित्ता शेयर लिलामी खुला गरेको छ । फाइनान्सको संस्थापक समूहको ६ लाख ६५ हजार ९५५.५० कित्ता र सर्वसाधारणको ३ लाख ३१ हजार ६७२.५० कित्ता गरी ९ लाख ९७ हजार ६२८ कित्ता शेयर लिलामी आएको हो ।पुस १० गते मंगलबार कम्पनीको शेयरमूल्य प्रतिकित्ता ९७ रुपैयाँ हाराहारीमा काराेबार भैरहेको छ ।

लिलामी शेयरमा १७ गतेसम्म आवेदन खुल्ला हुने बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।फाइनान्सको शेयर खरीद गर्न इच्छुकले सनराइज क्यापिटल कमलपोखरी र सनराइज बैंकको शाखा कार्यालय विराटनगर, वीरगञ्ज, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढीको शाखा कार्यालयबाट लिलामी शेयर खरिदको आवेदन बुझाउन सकिनेछ ।

फाइनन्सको संस्थापक न्यूनतम एक हजार कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता शेयरको लागि आवेदन गर्नुपर्नेछ । शेयर खरिद गर्ने लगानीकर्ताले प्रतिशेयर एक सय रुपैयाँ भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्न सक्नेछन् ।
चुक्ता पुँजी ७३ करोड ८२ रुपैयाँ रहेको बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा प्रतिशेयर आम्दानी ६४ पैसा, प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ६४ पैसा छ ।

बुधबारदेखि बेष्ट फाइनान्सको पनि लिलामी खुल्ने

बेष्ट फाइनान्स कम्पनी (BFC) मा विलय भएको साविकको सिनर्जी फाइनान्सको ८ लाख ५ हजार ८४ कित्ता शेयर भोलि (पुस ११ गते बुधबार) देखि लिलामीमा आउने भएको छ । कम्पनीले हकप्रदमा नबिकेको उक्त परिमाणको शेयर लिलाम बढाबढमा बिक्री गर्ने भएको हो ।

फाइनान्सको ५ लाख ५७ हजार ७७४.५७ कित्ता संस्थापक शेयर र २ लाख ५ हजार ८४.४७ कित्ता सर्वसाधारण तर्फको शेयर लिलामीमा आउन लागेको हो । पुस १० गते मंगलबार कम्पनीको शेयरमूल्य प्रतिकित्ता १०० रुपैयाँ हाराहारीमा काराेबार भैरहेको छ ।

सिनर्जीले १ बराबर ०.२५ कित्ताको अनुपातमा अर्थात २५ प्रतिशत हकप्रद शेयर गत असार २५ गते देखि निष्काशन गरेको थियो ।

कूल ११ लाख ८६ हजार २२.४७ कित्ता हकप्रद निष्काशन गरेकोमा ३ लाख ८० हजार ९३८ कित्ताका मात्र बिक्री भएपछि बाँकी शेयर लिलामीमा ल्याउने भएको हो ।

इच्छुक लगानीकर्ताहरुले प्रभु क्यापिटल, कमलादी काठमाडौं, बेष्ट फाइनान्सका केन्द्रिय कार्यालय सहित बुटवल, नेपालगञ्ज, कपिलवस्तु, नवलपरासी, दाङ र पोखराका शाखा कार्यालयहरुवाट आवेदन फाराम लिई बुझाउन सकिन्छ । 

त्यस्तै प्रभु बैंकको आदर्शनगर वीरगञ्ज, जलजलाचोक विराटनगर, विरेन्द्रनगर सुर्खेत र गोदावरी रोड धनगढी शाखाबाट पनि आवेदन बुझाउन सकिने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

८१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको चालु आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा प्रतिशेयर आम्दानी ५० पैसा छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।