चार म्युचुअल फण्डको मंसिर मसान्तमा लगानी यस्तो छ लगानी, सबैको एनएभि घट्यो

Dec 25, 2018 Merolagani

मंसिर महिनामा एनएमबि म्युचुअल फण्ड र एनआईबिएल एस क्यापिटलकाे अन्तर्गत सञ्चालित चारवटै म्युचुअल फण्डकाे  शेयर बजारमा लगानी घटेकाे छ। शेयर बजारमा घट्दा शेयरमा लगानी गर्ने लगानीकर्ता मात्र हैन शेयर बजारमा विश्लेषण र रणनीतिक हिसाबले लगानी गर्ने म्युचुअल फण्डहरु समेत यसको मारमा परेका हुन्। यसको नतिजा फण्डहरुले सार्वजनिक गरेका मासिक वित्तीय विवरणमा प्रष्ट देख्न सकिन्छ। 

एनएमबि  क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ र एनएमबि  हाईब्रिड फण्ड एल–१ तथा एनआईबिएल एस क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनआईबिएल समृद्धि फण्ड र एनआईबिएल प्रगति फण्ड गरि चार वटै फण्डको प्रति इकाई खुद सम्पत्ति मूल्य (एनएभि) मा गिरावट आएको छ।

गत महिनाको तुलनामा एनआईबिएल समृद्धि र एनआईबिएल प्रगति फण्डको एनएभि ४२ पैसाले घटेको छ भने सुलभ इन्भेष्टमेन्ट फण्ड–१ को एनएभि ३८ पैसा र हाईब्रिड फण्ड एल–१ को एनएभि १० पैसाले ह्रास भएको छ ।

मंसिर महिनामा नेप्से परिसूचक लगातार घटेर करिब ११०० को बिन्दुमा झरेपछि फण्डहरुको सूचीकृत कम्पनीको लगानी रकम घट्दा प्रति इकाई खुद सम्पत्ति मूल्यकाे गिरावटले निरन्तरता पाएकाे हो।

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१

मंसिर मसान्तमा एनएमभि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ को प्रति इकाई खुद सम्पत्ति मूल्य (एनएभि) १० रुपैयाँ ८३ पैसा छ । गत महिनाको तुलनामा फण्डको एनएभि ३८ पैसाले ह्रास भएको हो । कार्तिकमा फण्डको एनएभि ११ रुपैयाँ २१ पैसा रहेको थियो ।

७५ करोडको आकारमा सञ्चालति फण्डको मंसिर महिनाको खुद सम्पत्ति ८१ करोड २४ लाख ५८ हजार ५१२ रुपैयाँ छ । यो गत महिनाको तुलनामा दुई करोड ८१ लाख ४७ हजार ८६८ रुपैयाँले कम हो ।

फण्डकाे मंसिरमा नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत ५५ कम्पनीमा ३८ करोड ८७ लाख २८ हजार रुपैयाँ लगानी छ । कार्तिकमा फण्डले ४० करोड ९७ लाख ५१ हजार ८५३ रुपैयाँ सूचीकृत शेयरमा लगानी थियो ।

यस महिनामा फण्डको ऋणपत्र तथा बण्डमा ७ करोड ४० लाख रुपैयाँ, सार्वजनिक निष्काशन, हकप्रद तथा बोनस शेयरमा ६९ लाख ५५ हजार रुपैयाँ लगानी छ । साथै फण्डको स्थिर आय उपकरणमा ९ करोड रुपैयाँ लगानी छ ।

मंसिर मसान्तसम्ममा फण्डको बैंक मौज्दातमा १६ करोड ८९ लाख ४८ हजार ९६० रुपैयाँ सञ्चित छ भने १० करोड ९६ लाख ३८ हजार ३६४ रुपैयाँ बराबरको अन्य सम्पत्ति रहेको छ ।

मंसिर महिनामा फण्ड एक करोड ५३ लाख ४० हजार ६७३ रुपैयाँ नोक्सानीमा रहेको छ । फण्डको कार्तिकमा एक करोड २८ लाख ३५ हजार ४८६ रुपैयाँ आम्दानी थियो ।

एनएमबि हाईब्रिड फण्ड एल–१

मंसिर मसान्तमा एनएमबि हाईब्रिड फण्ड एल–१ को प्रति इकाई खुद सम्पत्ति मूल्य (एनएभि) १० रुपैयाँ ३८ पैसा छ । कार्तिक महिनाको तुलनामा फण्डको एनएभि १० पैसाले घटेको हो । कार्तिकमा फण्डको एनएभि १० रुपैयाँ ४८ पैसा थियो ।

एक अर्ब आकार भएको फण्डको खुद सम्पत्ति एक अर्ब ४ करोड ६३ लाख १० हजार ८७५ रुपैयाँ रहेको छ । गत महिनाको तुलनामा फण्डको खुद सम्पत्ति एक करोड ७ लाख ६२ हजार रुपैयाँले घटेको हो ।

मंसिर मसान्तमा फण्डकाे नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत ३६ कम्पनीमा २३ करोड ३८ लाख ४३ हजार ५४६ रुपैयाँ लगानी छ । कार्तिकमा फण्डकाे सूचीकृत शेयरमा २४ करोड २५ लाख ८० हजार ३१५ रुपैयाँ लगानी रहेको थियो ।

यस महिनामा फण्डको ऋणपत्रमा ८ करोड ५० लाख, सार्वजनिक निष्काशन, हकप्रद र बोनस शेयरमा ५२ लाख ३३ हजार ७४६ रुपैयाँ लगानी गरेको छ । साथै स्थिर आय उपकरणमा ५४ करोड रुपैयाँ लगानी छ ।

फण्डको मंसिर महिनामा बैंक मौज्दातमा १६ करोड ८३ लाख ४ हजार ७६६ रुपैयाँ छ भने एक करोड ४० लाख ११ हजार रुपैयाँ बराबरको अन्य सम्पत्ति रहेको छ ।

मंसिर महिनामा फण्डको कूल आय एक करोड ८ लाख १८ हजार ८१३ रुपैयाँ रहेको छ । कार्तिकमा फण्डले दुई करोड १४ लाख ८६ हजार आम्दानी गरेको थियो ।

एनआईबिएल समृद्धि फण्ड

मंसिर मसान्तमा फण्डको प्रति इकाई खुद सम्पत्ति मूल्य (एनएभी) ९ रुपैयाँ ६८ पैसा कायम भएको छ । फण्डको एनएभि गत महिनाको तुलनमा ४२ पैसाले खस्किएको हो । कार्तिकमा फण्डको एनएभि १० रुपैयाँ १० पैसा थियो ।

एक अर्बको आकारमा सञ्चालीत फण्डको खुद सम्पत्ति ९६ करोड ७९ लाख २९ हजार ३४९ रुपैयाँ छ । यो कार्तिक महिनाको तुलनामा ४ करोड १६ लाख ६५ हजार ८९५ रुपैयाँ कम हो ।

मंसिर महिनामा फण्डकाे ८२ सूचीकृत कम्पनीकाे शेयरमा ७४ करोड ९९ लाख ३८ हजार ९०१ रुपैयाँ लगानी छ । कार्तिकमा फण्डकाे सूचीकृत कम्पनीकाे शेयरमा ७८ करोड ३५ लाख ४५ हजार ८१५ रुपैयाँ  लगानी  थियो ।

समीक्षा अवधिमा फण्डकाे बैंक मुद्धती निक्षेपमा ९ करोड ५० लाख रुपैयाँ, ऋणपत्र तथा बन्डमा ५ करोड र सार्वजनीक निष्काशन, हकप्रद, बोनस शेयरमा एक करोड १० लाख ८ हजार ४१३ रुपैयाँ लगानी रहेकाे छ ।

मंसिर मसान्तमासम्ममा फण्डले ८ करोड ३६ लाख ८१ हजार ४५५ रुपैयाँ बैंक मौज्दातमा सञ्चित गरेको छ भने फण्डसँग ६० लाख ८४ हजार १०५ रुपैयाँ बराबरको अन्य सम्पत्ति छ।

मंसिर मसान्तमा फण्डको कूल आय ४ करोड १२ लाख ६१ हजार ३१७ रुपैयाँ ऋणात्मक रहेको छ । कार्तिकमा भने फण्डले ४ लाख ४ हजार ५७९ रुपैयाँ आम्दानी गरेको थियो ।

एनआईबिएल प्रगति फण्ड

मंसिर मसान्तमा एनआईबिएल प्रगति फण्डको प्रति इकाई खुद सम्पत्ति मूल्य (एनएभी) ७ रुपैयाँ २८ पैसा छ। जसमा गत महिनाको तुलनामा ४२ पैसाले ह्रास आएको हो । कार्तिकमा फण्डको एनएभि ७ रुपैयाँ ७० पैसा थियो ।

७५ करोड आकारमा सञ्चालन भएको फण्डको मंसिर महिनामा खुद सम्पत्ति ५४ करोड ५८ लाख ९५ हजार १६९ रुपैयाँ छ । कार्तिक मसान्तको तुलनामा तीन करोड १८ लाख ३१ हजार ६१० रुपैयाँले फण्डको खुद सम्पत्ति संकुचित भएको हो ।

मंसिरमा फण्डको ६६ वटा कम्पनीको सूचीकृत शेयरमा ५१ करोड २८ लाख ४९ हजार ६४८ रुपैयाँ लगानी छ । कार्तिक माहिनामा फण्डको सूचीकृत शेयरमा ५४ करोड ५० लाख १७ हजार ९४७ रुपैयाँ लगानी रहेको थियो ।

फण्डको सार्वजनिक निष्काशन, हकप्रद र बोनस शेयरमा एक करोड १३ लाख ७६ हजार ४३९ रुपैयाँ लगानी छ । उसले मंसिर मंसान्तसम्ममा फण्डले दुई करोड ५९ लाख ४ हजार ८९६ रुपैयाँ बैंक मौज्दातमा बचत गरेको छ भने १३ लाख ९७ हजार रुपैयाँ बराबरको अन्य सम्पत्ति रहेको छ ।

मंसिर महिनामा फण्डको कूल आय तीन करोड ९८ लाख ४५ हजार १८९ रुपैयाँ ऋणात्मक रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।